×

समाचार

गैडाकाेटमा एक पुरुषद्धारा रुखमा झुन्डिएर आत्महत्या

गैडाकाेटमा एक पुरुषद्धारा रुखमा झुन्डिएर आत्महत्या
गैँडाकोट।  गैँडाकोट नगरपालिकाको वडा नं। ५ का बेद प्रसाद गौतमले झुण्डिएर आत्महत्या गरेका छन्। आफ्नै घरपछाडी रहेको अम्बाको रुखमा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो। अन्दाजी बर्ष ६६ का गौतमले राति आत्महत्या गरेको खुलेको छ।

धादिङमा बस र कार ठोक्किंदा ५ जनाको मृत्यु

धादिङमा बस र कार ठोक्किंदा ५ जनाको मृत्यु
धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ मा बस र कार ठोक्किंदा कारमा सवार ४ भारतीय र १ नेपाली नागरिकको मृत्यु भएको छ ।काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले विपरीत दिशामा रहेको प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा कार चालक तनहुँका दिलबहादुर बस्नेतसहित भारत उत्तरप्रदेशका विमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल र राकेश अग्रवालको रहेका जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए । विमलचन्द्र...

गैँडाकाेटमा काँग्रेस कार्यकर्ताले भने :गठबन्धन मूर्दावाद ! (भिडियो सहित )

गैँडाकाेटमा काँग्रेस कार्यकर्ताले भने :गठबन्धन मूर्दावाद ! (भिडियो सहित )
गैँडाकोट । गठबन्धनको विरोध गर्दै नवलपुरको गैँडाकोटमा ५५ जना काँग्रेस कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन् । नेपाली काँग्रस गैँडाकोट नगर कमिटी वडा नं. ८ ले गठबन्धनको विरोधगर्दै नगर सभापति समक्ष राजिनामा दिएको हो । नेपाली काँग्रेसको नगर पार्टि कार्यालयमा दवावमुलक तथा सामुुहिक राजिनामा कार्यक्रममा सहभागि वडा सभापति रामप्रसाद सापकोटा सहित काँग्रेस कार्यकर्ताले काँग्रेस मास्न पाईदैन गठबन्धन चाहिदैन, नेपाली काँग्रेस जिन्दावाद, गठबन्धन मूर्दावाद जस्ता चर्का नारावाजी गरेका थिए ...

गैँडाकोट ५ का श्याम भुसालद्धारा उपमेयर पदमा उमेदवारी घोषणा

गैँडाकोट ५ का श्याम भुसालद्धारा उपमेयर पदमा उमेदवारी घोषणा
गैँडाकोट । गैडाकोट नगरपालिका वडा नं. ५ निवासी श्याम भुसालले उपमेयर पदमा उमेदवारी दिने घोषणा गर्नुभएको छ । आज विहान उज्यालो खबरसँग कुरागर्दै भूसालले स्वतन्त्र रुपमा उपमेयर पदमा उमेदवारी दर्ता गराउने बताउनुभयो । गैँडाकोट नगरपालिकाको समग्र विकासका लागि आफुसँग बृहत योजना रहेको भन्दै उहाँले स्वतन्त्र रुपमै भएपनि उपमेयर पदमा उमेदवारी दर्ता गराउने जानकारी दिनुभयो । राजनैतिक दलहरुबाट जनताले अपेक्षा गरे अनुसारको काम पुरा नभएको भन्दै उहाँले नगरवासीले आफुलाई मतदिने दावी गर्नुभयो । ...

नयाँ वर्षको अवसरमा गैँडाकोटमा ब्याडमिन्टन प्रतियोगिता हुने

नयाँ वर्षको अवसरमा गैँडाकोटमा ब्याडमिन्टन प्रतियोगिता हुने
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते जिल्ला स्तरीय (नवलपुर र चितवन) ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मौलाकालिका ब्याडमिन्टन संघ र गैँडाकोट राइजिङ स्टार स्पोर्टस क्लवको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको प्राप्तिका कर्भड हलमा बैशाख १ गते विहान ८ वजे प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम रहेको प्रचारप्रशार समितिका संयोजक विष्णु लम्सालले जानकारी दिनुभयो ।प्रतियोगितामा तीन विद्...

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि सुुरु

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि  सुुरु
काठमाडौं ।  नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम छ । महाधिवेशनमा देशभरबाट उद्योग व्यवसयमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ । महासंघ एमालेको २२ औँ जनवर्गीय संगठनको रूपमा सक्रिय छ ।

ग्यास सिलिण्डर विस्फोट हुँदा तीन बालबालिकाको ज्यान गयो

ग्यास सिलिण्डर विस्फोट हुँदा तीन बालबालिकाको ज्यान गयो
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको ज्यान गएकोे छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वाराको लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको ज्यान गएको हो । मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो बेलुकी ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उहाँका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर ज्या...

गैँडाकोटमा भव्य हनुमान मन्दिर निर्माण

गैँडाकोटमा भव्य हनुमान मन्दिर निर्माण
गैँडाकोट । नवलपरासी पूर्व गैँडाकोट ९ थुम्सी स्थित शिखरखजुराव शैलीको भव्य एवं कलात्मक श्री हनुमान मन्दिरको समुद्घाटनरलोकार्पण, मूर्तिप्राणप्रतिष्ठा तथा सा∙ विराट् ज्ञानमहायज्ञ महामहोत्सव २०७८ हुने भएको छ ।शनिबार मन्दिर प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा श्री हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टिकाराम सापकोटाले यहि चैत्र २७ गते रामनवमीदेखी वैशाख ३ गते श्री हनुमान जयन्तीका दिनसम्म महामहोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले नेप...

सहमतिमा भएको यौन सम्पर्कलाई जबरजस्ती करणी भनी मुद्दा हाल्ने किशोरीलाई तीन वर्ष कैद

सहमतिमा भएको यौन सम्पर्कलाई जबरजस्ती करणी भनी मुद्दा हाल्ने किशोरीलाई तीन वर्ष कैद
धनगढी ।  जिल्ला अदालत अछामले आफूमाथि जबरजस्ती करणी भएको भनी मुद्दा हाल्ने एक किशोरीलाई तीन वर्ष ६ महिना कैदको फैसला सुनाएको छ।न्यायाधीश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी १९ वर्षीया किशोरीलाई जेल सजाय तोकेको हो। गएको माघ १५ गते घरमा हात माग्न आएको २० वर्षीय पुरूषले बलात्कार गरेको भन्दै सोही महिनाको १७ गते ती किशोरीले प्रहरीसमक्ष जोहरी दिएकी थिइन्।फोनमा केही दिन कुराकानी भएपछि विवाहको प्रस्ताव लिएर घरमा आउने कुरा उनीहरूबीच भए...