टिपरले ठक्कर दिँदा स्कुल जाँदै गरेका दिदीबहिनीको मृत्यु, बुवा घाइते
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ ।स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान साढे ८ बजे टिपरको ठक्करबाट मृत्यु भएको हो ।
घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चालकल...


