×

राजनीति

एमाले अध्यक्ष ओली झापा-५ बाट उम्मेदवार सिफारिस

एमाले अध्यक्ष ओली झापा-५ बाट उम्मेदवार सिफारिस
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् ।क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप-५ का एमाले इन्चार्ज होम थापाले बताए । ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा। खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए ।    

रन्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रको बयान : मलाई प्रायश्चित छ

रन्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रको बयान : मलाई प्रायश्चित छ
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले रन्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् ।आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए ।‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ,’ महाअभियोग सिफारिस समितिमा आज तेस्रो दिनको बयानमा जबराले भने । श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायँमा जबराल...

सिट बाँडफाँटबारे प्रधानमन्त्री देउवा-प्रचण्ड छलफल

सिट बाँडफाँटबारे प्रधानमन्त्री देउवा-प्रचण्ड छलफल
काठमाडौं ।  बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। आज बिहान ९ बजेदेखि उनीहरूबीच छलफल भएको हो। ‘उहाँहरूबीच छलफल जारी छ। आजै बेलुकीसम्म गठबन्धन बैठक पनि बस्छ,’ स्रोतले भन्यो।आज अपरान्ह ३ बजे सिट बाँडफाँटबारे कार्यदलमा शीर्ष नेताहरूसहित छलफल हुँदैछ। उक्त छलफलअघि देउवा र प्रचण्डबीच छलफल भएको हो। गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरे पनि घट्ने सम्भावना छ। सत्ता गठबन...

नागरिकता विधेयक प्रमाणीकरणका लागि भोलि राष्ट्रपतिकहाँ पठाउने तयारी

नागरिकता विधेयक प्रमाणीकरणका लागि भोलि राष्ट्रपतिकहाँ पठाउने तयारी
काठमाण्डौ – राष्ट्रियसभाबाट पनि हुबहु पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि भोलि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको छ ।भोलि बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक हिजो राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो । यसअघि साउन २९ गते...

भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
काठमाडौं ।  नेकपा एमालेले भदौ २२ भित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ।आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ आकांक्षीहरूका नाम लिई उम्मेदवार सिफारिस गर्न एमालेले पार्टीका तल्ला कमिटीलाई निर्देशन दिएको हो। हालै बसेको केन्द्रीय कमिटी बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उम्मेदवार सिफारिस गर्नका लागि तल्ला कमिटीलाई भदौ २२ सम्मको समय दिइएको एमालेका एक नेताले बताए। ...

जिउँदै मान्छेलाई इट्टाभट्टामा हाल्ने आरोपी आलमलाई कांग्रेसले उम्मेदवार बनाउने

जिउँदै मान्छेलाई इट्टाभट्टामा हाल्ने आरोपी आलमलाई कांग्रेसले उम्मेदवार बनाउने
काठमाडौँ–जिउँदै मान्छेलाई इट्टाभट्टामा हालेर हत्या गरेको अभियोग लागेका मोहम्मद अफ्ताब आलमलाई नेपाली कांग्रेसले प्रतिनिधि सभाको उम्मेदवार बनाउने भएको छ । कयौँ सर्वसाधारणको हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका आलमलाई कांग्रेस रौतहटले संघीय संसदको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको हो। आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका आलामको नाम रौतहट क्षेत्र नम्बर २ को उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भएको हो। आलम हाल विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभ...

नवलपुरमा क्षेत्र नं. १ मा काँग्रेसबाट प्रत्यक्ष तर्फ तीन जनाको आवेदन

नवलपुरमा क्षेत्र नं. १ मा काँग्रेसबाट प्रत्यक्ष तर्फ तीन जनाको आवेदन
नवलपुर । मंसिर ४ गते हुने संघीय तहको निर्वाचनका लागि नवलपुरमा काँग्रेस भित्र तरंग सुरु भएको छ । बिहिबार आज नवलपुर निर्वाचन क्षेत्र नं. १ का लागि उम्मेद्वार बन्न इच्छुकलाई क्षेत्रीय कार्यसमितिले आवेदन दिन आह्वान गरेको थियो । आवेदनका लागि भदौ १८ सम्मको मिति रहेको क्षेत्रीय सभापति अमृत भट्टचनले बताउनुभयो । क्षेत्रीय समितिका सचिव अमृत श्रेष्ठका अनुसार आज पहिलो दिन प्रत्यक्ष तर्फ काँग्रेस नेताहरु ओमकला गौतम, महेन्द्रभक्त अधिकारी र गणेश सापकोटाको उम्मेद्वारीका लागि आवेदन परेको छ...

परमादेशदेखि बालुवाटार प्रकरणसम्म-चोलेन्द्रले यसरी खोले सबैका पोल

परमादेशदेखि बालुवाटार प्रकरणसम्म-चोलेन्द्रले यसरी खोले सबैका पोल
काठमाडौं । आफूविरुद्धको महाअभियोग प्रस्तावको फेस गर्न संसदीय समितिमा उपस्थित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिले लिखित प्रश्न सोध्नुअघि सत्ता गठबन्धनदेखि सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीमाथि समेत गम्भीर अभियोगहरु लगाएका छन् । राणाले समितिसमक्ष उपस्थित भएर रेकर्ड गराएको बयानका आधारमा कतिपय न्यायाधीशलाई महाअभियोग लगाउने आधारसमेत तयार भएका छन् भने सत्ता गठबन्धनले न्यायपालिकासँग सौदाबाजी गरेर परमादेशमार्फत केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाइएको ख...

गठबन्धन विदेशी सामु लम्पसार भयो, एमाले १५० सिट जित्छः ओली

गठबन्धन विदेशी सामु लम्पसार भयो, एमाले १५० सिट जित्छः ओली
धनगढी ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दल राष्ट्रियताको ख्यालै नगरी सत्ता जोगाउन विदेशी सामु लम्पसार परेको आरोप लगाएका छन् । सत्ता जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सरणमा पुगेका र प्रधानमन्त्री बनाइदेऊ भन्दै माओवादी अध्यक्ष प्रचण्ड पनि भारतसँग खुसुखुसु गर्न थालेका उनले बताए । ‘सत्तारुढ दल देशको लागि नभई व्यक्तिगत स्वार्थका लागि विदेशीको इसारामा पर्न थालेका छन्,’ बुधबार कञ्चनपुर पुगेका ओलीले भने, ‘जनताले त्यो सबै बुझिसकेका छन् । आ...