×

गुल्मी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं गुल्मी इन्चार्ज गणेश खनाल र जिल्ला कमिटी अध्यक्ष नरेश भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन्।भण्डारी समाजवादी गुल्मीका जिल्ला अध्यक्षसमेत हुन्। सोमबार तम्घासमा आयोजित कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

एमाले प्रवेश गर्दै नेताहरूले परिवर्तनको सम्भावना एमालेबाट मात्रै देखिएको प्रतिक्रिया दिए। जिल्ला अध्यक्ष र इन्चार्जले नै पार्टी छाडेपछि चुनावको मुखैमा समाजवादी गुल्मीलाई धक्का लागेको छ।गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाक्री उम्मेदवार हुने तयारी गरेकी छिन्। झाक्री र गोकर्ण विष्टको निर्वाचन क्षेत्र एउटै हो।

तपाईको प्रतिक्रिया