×

राजनीति

सन्दीप लामिछानेलाई थुनामा पठाउन आदेश

सन्दीप लामिछानेलाई थुनामा पठाउन आदेश
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा पठाइएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए । गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले आदेश सुनाएका हुन् ।

मलाई धेरै मतले जिताए मात्रै गाेरखामा विकासकाे अभियान सुरु हुन्छ : प्रचण्ड

मलाई धेरै मतले जिताए मात्रै गाेरखामा विकासकाे अभियान सुरु हुन्छ : प्रचण्ड
  गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटकको चुनाव जित्नु भन्दा पनि अत्यधिक बहुमतको जित्नु महत्वपूर्ण रहेको बताएका छन् । शुक्रवार गोरखा नगरपालिका–१२ रानीटारमा आयोजित गठबन्धन दलहरुको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई अत्यधिक बहुमतले बिजयी गराएर नयाँ कीर्तिमान कायम गर्न गोरखाका मतदातलाई आग्रह गरे । ‘गोरखामा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्र हो, दुवै मिलेपछि यसै जितिहालियो, अब के मेहनत गर्नुपर्‍यो भनेर धेरै ठा...

मतदाताले व्यक्त गरेको अभिव्यक्तिले मेरो जित सुनिश्चित छ : स्वतन्त्र उम्मेदवार जि.सी

मतदाताले व्यक्त गरेको अभिव्यक्तिले मेरो जित सुनिश्चित छ : स्वतन्त्र उम्मेदवार जि.सी
देवचुली । नवलपुर प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार चित्र ध्वज जि.सी.ले घरदैलो अभियानमा मतदाताले व्यक्त गरेका अभिव्यक्तिले आफ्नो जित सुनिश्चित रहेको दावी गर्नुभएको छ । देवचुलीको पिप्रहरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सामाजिक रुपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । पुस्ता हस्तान्तरण र भ्रष्टचार विरुद्ध अभियानका लागि स्वतन्त्र उम्मेदवारलाई चयन गर्न उहाँको आग्रह गर्दै जिसीले बोलेर भन्दा पनि विकास गरेर देखाउने जिकिर गर्नुुभयो । ...

रोचक बन्दै नवलपुर क्षेत्र नं २ को निर्वाचन

रोचक बन्दै नवलपुर क्षेत्र नं २ को निर्वाचन
मध्यबिन्दु।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी नवलपरासी पूर्वमा पनि बढ्न थालेको छ । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन् । नवलपरासी पूर्वमा पाँचदलीय गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने प्रष्ट देखिएको छ । जिल्लाको क्षेत्र नं २ को सङ्घीय निर्वाचन चुनावमा २०७४ सालकै निर्वाचनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नं २ मा गठबन्धनबाट नेपाली कांग्रेसका विष...

भ्रष्टाचारहित समाज निर्माण गर्छु : उम्मेदवार विक्रम पाण्डे

भ्रष्टाचारहित समाज निर्माण गर्छु :  उम्मेदवार विक्रम पाण्डे
चितवन ।  चितवन क्षेत्र न. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले जनता सानासाना समस्या समाधान नहुँदा ठूला तथा सत्ताधारी दलप्रति आजित भएको बताएका छन्। बिहीबार भरतपुर–१६ झन्झने चोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै जनताको समस्या समाधानको लागि आफू पुनः उम्मेदवार भएर चुनावी मैदानमा आइपुगेको बताएका हुन्। देश भ्रष्टाचारको खाडलमा गइसकेको हुँदा भ्रष्टाचाररहित समाज निर्माण होस् भनेर सिद्धि–गणेशको पूजा गरेर चुनावी अभियान सुरु गरेर मतदा...

विकास कोइरालाको चियापानमा खचाखच काँग्रेसजन (फोटो फिचर )

विकास कोइरालाको चियापानमा खचाखच काँग्रेसजन (फोटो फिचर )
चितवन । नेपाली काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले नारायण्गढमा आज दिउसो आयोजना गरेको चियापान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।नेपालीहरुका महान पर्वहरुका अवसरमा नेता कोइरालाले शुभचिन्तक तथा सुभेच्छुकहरुका लागि आयोजना गरेको चियापान कार्यक्रममा कँग्रेसजनको बाक्लो उपस्थिति रहेको थियो ।उद्योग बाणिज्यसंघ चितवनको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा  काग्रेसको नेतृत्वमा रहेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । शुभकामना आदानप्रदान तथा च...

एमालेका २० ग्यारेन्टी : राष्ट्रहितदेखि ‘मेक इन नेपाल’ सम्म

एमालेका २० ग्यारेन्टी : राष्ट्रहितदेखि ‘मेक इन नेपाल’ सम्म
काठमाडौं । नेकपा एमालेले आगामी पाँच बर्षको लागि २० वटा ग्यारेन्टी लिएको छ । होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्माले सार्वजनिक गरेको घोषणापत्र मार्फत् आफ्नो नेतृत्वमा आगामी सरकार बने गर्ने २० वटा कामको ग्यारेन्टीसहित एमालेले आफ्ना एजेण्डा अघि सारेको हो ।एमालेले समृद्धिका लागि नीतिगत र संरचनागत सुधार, राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । ‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जी...

एमालेको चुनावी प्रतिबद्धता : सरकार गठन भएको एक महिनामै सबै नेपालीलाई नागरिकता

एमालेको चुनावी प्रतिबद्धता : सरकार गठन भएको एक महिनामै सबै नेपालीलाई नागरिकता
काठमाडौंः नेकपा एमालेले सरकार गठन भएको एक महिनाभित्र वंशजका आधारमा नागरिकता दिने जनाएको छ ।एमालेले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गर्दै ६ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गर्ने र सबै नेपालीलाई नागरिकता दिने बताएको हो । प्रतिबद्धतापत्रमा एक वर्षभित्र राष्ट्रिय परिचय पत्र उपलब्ध गराइने उल्लेख छ । एमालेले चार संकल्प प्रस्तुत गरेको छ । सुशासन,विकास, समृद्धि र समानता एमालेका संकल्प हुन् ।प्रतिबद्धतापत्रम...

पर्सिदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार–प्रसारका कार्यक्रम गर्न सकिने

पर्सिदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार–प्रसारका कार्यक्रम गर्न सकिने
काठमाण्डौ ।  मंसिर ४ गते हुने चुनावका लागि दल तथा उम्मेदवारले पर्सिदेखि चुनावी प्रचारका कार्यक्रम गर्न पाउने भएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा लागि उम्मेदवारले पर्सिदेखि मंसिर १ गतेसम्म प्रचार–प्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा चुनाव प्रचार–प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको...