
चितवन । चितवन क्षेत्र न. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले जनता सानासाना समस्या समाधान नहुँदा ठूला तथा सत्ताधारी दलप्रति आजित भएको बताएका छन्। बिहीबार भरतपुर–१६ झन्झने चोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै जनताको समस्या समाधानको लागि आफू पुनः उम्मेदवार भएर चुनावी मैदानमा आइपुगेको बताएका हुन्।
देश भ्रष्टाचारको खाडलमा गइसकेको हुँदा भ्रष्टाचाररहित समाज निर्माण होस् भनेर सिद्धि–गणेशको पूजा गरेर चुनावी अभियान सुरु गरेर मतदाताको दैलोमा उपस्थित भएको नेता बताए । ‘त्यसैले देश विकास र समृद्धिको लागि भुइँमान्छेको आवाज बोकेर संसदमा उपस्थित हुन म उम्मेदवारको रूपमा आएको छु,’ उनले भने, ‘देश विकासको काम चितवन–३ बाट सुरु गर्ने योजनासहित हामी यहाँहरुसमक्ष आएका छौँ।