गैँडाकोट । नवलपुर निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएका चित्रध्वज जि.सी ले हालसम्म ७५ हजार मतदातासँग प्रतक्ष्य भेटघाट गरेको बताउनुभएको छ । मंसिर ४ गते हुने निर्वाचनमा नवलपुर निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका युवा नेता जि.सीले क्षेत्र नं. १ का ७५ हजार मतदाताहरुसँग भेटघाट सकेको बताउनुभयो ।

पत्रकारहरुसँग कुरागर्दै उहाँले मतदातहरुसँगको भेटघाटले आफु जितको नजिक रहेको बताउनुभयो । सबै मतदाताहरुसँगको भेटघाटले मलाइ निकै उत्साहित बनाएको छ उहाँले भन्नुभयो-  “मंसिर ४ गते मत फेर्नको लागि मतदाताहरु उत्साहित भएको पाएको छु ।”

चुनावी घरदैलोको क्रममा मतदाताहरुले विउ, मल, सिचाई, खानेपानी समस्याहरु रहेको भन्दै समाधान गरिदिन आग्रह गरेका छन् । युवा नेता जिसी ले पुस्ताहस्तान्तरणको माग गर्दै निर्वाचनमा होमिनुभएको हो ।

सफल पर्यटन व्यवसायीको रुपमा परिचय बनाएका जिसी रजहर जेसीजको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार जिसीलाई क्रस खुकरी चुनाव चिन्ह प्रदान गरेको छ ।

 

तपाईको प्रतिक्रिया