×

राजनीति

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना
काठमाडौं । मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको छ ।फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न कात्तिक ३० गते छलफलका लाग...

आयोगले तोसिमा कार्कीलाई भन्यो- घन्टी बजाउँदै चुनाव प्रचार नगर्नू

आयोगले तोसिमा कार्कीलाई भन्यो-  घन्टी बजाउँदै चुनाव प्रचार नगर्नू
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ।आयोगको आचारसंहिता अनुगमन समितिले आफूलाई फोनमार्फत यस्तो निर्देशन दिएको कार्कीले जानकारी दिइन्। ‘मलाई आचारसंहिता अनुगमन समितिबाट भनेर फोन आएको थियो। उहाँले घन्टीले ध्वनि प्रदूषण भएको उजुरी परेको जानकारी गराउँदै घन्टी बजाउँदै चुनावी प्रचार नगर्न निर्देशन दिनुभयो,’ कार्कीले भनिन्।कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन

नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन
विराटनगर । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा निधन भएको हो ।विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । सुरूमा नोबेल मेडिकल कलेजमा भर्ना भएका थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचा...

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गर्नुभएको छ । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उहाँले दुःख व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दि...

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने
नवलपुर ।  निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाउने भएका छन् । आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्...

प्रचण्डविरुद्ध भोट मागेपछि गण्डकीका मन्त्री आचार्य बर्खास्त

प्रचण्डविरुद्ध भोट मागेपछि गण्डकीका मन्त्री आचार्य बर्खास्त
पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् ।गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेका हुन् ।मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको छ । आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा...

विप्लवको नेकपालाई निर्वाचन नबिथोल्न सरकारको चेतावनी

विप्लवको नेकपालाई निर्वाचन नबिथोल्न सरकारको चेतावनी
बुटवल । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई मतदानमा सहभागी गराउनका निम्ति सरकारले वार्ता गरेको छ।नेपाल सरकार र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग त्यस समूहलाई मूलधारको राजनीतिमा ल्याउन वार्ता भएको गृहमन्त्री बालकृष्ण खाणले बताए। उनीहरूसँग आफूले आइतबार वार्ता गरेको मन्त्री खाणको भनाइ छ।मंगलबार रूपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै जेलमा रहेका त्यस पार्टीका कार्यकर्तालाई प्रक्रिया मिलाएर छोड्ने विषयमा छलफल भएको खाणले बताए।‘प...

मंसिरको चुनावमा आफूहरुले एकल बहुमत ल्याउने ओलीकाे दावी

मंसिरको चुनावमा आफूहरुले एकल बहुमत ल्याउने ओलीकाे दावी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको चुनावमा आफूहरुले एकल बहुमत ल्याउने बताएका छन् । मंगलबार पोखरामा आयोजित एमालेको कार्यक्रममा उनले कांग्रेस भन्दा धेरै ठूलो पार्टी बन्ने बताएका हुन् । ‘अहिले के के नामको सर्भेमा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउने देखाउन खोजिएको छ । कांग्रेसको जति भोट ल्याउँछ एमालेले भन्ने इम्प्रेसन पार्न खोजिएको छ’ ओलीले भने, ‘तर, नेकपा एमाले कांग्रेसको हाराहारीमा होइन, सानो मार्जिनले होइन, अत्याधिक बहुमतले सबभन्दा अगाडि हुन्...

७५ हजार मतदाता भेटिसकेका उम्मेदवार जि.सी उत्साहित

७५ हजार मतदाता भेटिसकेका उम्मेदवार जि.सी उत्साहित
गैँडाकोट । नवलपुर निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएका चित्रध्वज जि.सी ले हालसम्म ७५ हजार मतदातासँग प्रतक्ष्य भेटघाट गरेको बताउनुभएको छ । मंसिर ४ गते हुने निर्वाचनमा नवलपुर निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका युवा नेता जि.सीले क्षेत्र नं. १ का ७५ हजार मतदाताहरुसँग भेटघाट सकेको बताउनुभयो । पत्रकारहरुसँग कुरागर्दै उहाँले मतदातहरुसँगको भेटघाटले आफु जितको नजिक रहेको बताउनुभयो । सबै मतदाताहरुसँगको भेटघाटले मलाइ निकै उत्साह...