
तनहुँ । नेपाली कांग्रेसका नेता तथा तनहुँ १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेललाई अर्चले गाउँका बासिन्दाले १२ किलोको माला लगाइदिएका छन् ।स्थानीय बासिन्दाले उनीसँग १२ बुँदे माग पनि राखेका छन् ।घर दैलो अभियानमा भानु नगरपालिका वडा नम्बर १२ स्थित अर्चले गाउँमा पुगेका पौडेललाई १२ किलोको फूलको मालाले स्वागत तथा सम्मान गरिएको हो ।
भानु १२ मा कम्तिमा पनि १२०० को मतको अन्तरले अग्रता लिनु भन्ने शुभकामनासहित १२ बुँदे विकासका माग राखेर पौडेललाई १२ किलोको मालाले स्वागत गरेको स्थानीयबासिन्दाले बताएका छन् ।भानु नगरपालिका कांग्रेसकै पूर्व नेता तथा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको क्षेत्र हो । तनहुँ १ मा पौडेल र जोशीस तथा नेकपा एमालेका एकबहादुर रानासहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।