×

राजनीति

एमालेको घोषणापत्र आज सार्वजनिक हुँदै

एमालेको घोषणापत्र आज सार्वजनिक हुँदै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)  ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको एक होटलमा हुने औपचारिक कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नेछन् ।एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई नै निरन्तरता दिएर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।एम...

सन्दीपविरुद्ध मुद्दा दर्ताको तयारी, १२ वर्षसम्म कैद सजाय माग

सन्दीपविरुद्ध मुद्दा दर्ताको तयारी, १२ वर्षसम्म कैद सजाय माग
काठमाडौं । बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ताको तयारी गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा सम्भवत: आजै अभियोग पत्र पत्र दर्ता गर्न लागेको हो । सन्दीपविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता हुन लागेको जिल्ला सरकारी वकिल कार्यालयले स्रोतले जनाएको छ । प्रहरीले तिहारअघि नै अनुसन्धान प्रतिवेदन बुझाएपनि तिहार र छठको बिदा सकिएर आजदेखि कार्यालय खुल्ने भएकाले अभियोग पत्र दर्ताको तयारी गरेको हो । सन्दीपविर...

एमालेले हारे देश हार्छ, राष्ट्रियता बचाउन एमाले जिताउनपर्छः देवी ज्ञवाली

एमालेले हारे देश हार्छ, राष्ट्रियता बचाउन एमाले जिताउनपर्छः देवी ज्ञवाली
चितवन ।  नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य एवम् चितवन क्षेत्र नं. २ (ख) का उम्मेदवार देवी ज्ञवालीले आगामी निर्वाचनमा एमालेले हारेमा देश हार्ने भएकोले राष्ट्रियता बचाउन र देशको विकास गर्न एमालेलाई जिताउनुपर्ने बताएका छन् ।अनेरास्ववियु क्षेत्र नं. २ स्तरीय विद्यार्थी भेलालाई सम्वोधन गर्दै एमाले चितवन जिल्ला इन्चार्जसमेत रहेका ज्ञवालीले आगामी निर्वाचन देश बचाउने र देश बिगार्नेहरुका बीचको युद्ध भएकाले दृढतापूर्वक जनतालाई देश बचाउने अभियानमा लाग्न युवा विद्यार्थीहरुले उत्पेरित गर्न...

संविधानको जग उखेल्न दिँदैनौं : कांग्रेस प्रवक्ता महत

संविधानको जग उखेल्न दिँदैनौं : कांग्रेस प्रवक्ता महत
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन बनाइएको बताएका छन्।ललितपुरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आज उनले संविधानमा भएका कमी–कमजोरी सच्याउन परिमार्जनको आवश्यकता रहेको र आवश्यकताका आधारमा संविधानलाई परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका हुन्। ‘राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्छौं, तर संविधानको जग उखेल्न दिँदै...

निरन्तरतामा नविनता कांग्रेस घोषणापत्रको सार: नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार

निरन्तरतामा नविनता कांग्रेस घोषणापत्रको सार: नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार
काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ को चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रबारे जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ‘थिम’ निरन्तरतामा नविनता रहेको बताए । उनले घोषणापत्र निर्माणमा सबै समुदाय र उमेर समूहको तथा विज्ञहरुको सहभागिता रहेको बताए । घोषणापत्रमा कांग्रेसको नारा ‘संविधान रक्षा,स्थिरता र समुन्नतिको आधार,नेपाली कांग्रेसकै नेत...

सबैले अबको प्रधानमन्त्री तपाईं नै हो भन्छन्ः प्रचण्ड

सबैले अबको प्रधानमन्त्री तपाईं नै हो भन्छन्ः प्रचण्ड
काठमाडौ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर पाए मुलुकको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल नभएको तर अवसर पाए आफूलाई नेतृत्व गर्ने इच्छा भएको बताएका हुन् । ‘म प्रधानमन्त्रीको निम्ति भन्नेमा त छैन । तर, अवसर आयो भने देशको नेतृत्व गर्नुपर्छ र एकचोटी आर्थिक विकासबारे प्रचण्डको के रछ भन्ने स्थापित गर्नुपर्छ भन...

नवलपुर एकका स्वतन्त्र उम्मेदवार चित्रध्वज जि.सी घरदैलोमा व्यस्त (फोटो फिचर )

नवलपुर एकका स्वतन्त्र उम्मेदवार चित्रध्वज जि.सी घरदैलोमा व्यस्त (फोटो फिचर )
गैँडाकोट । नवलपुरको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता चित्र ध्वज जी.सी लाई बृद्धबृद्धाले आर्शीवाद दिएका छन् । आफ्नो चुनावी अभियानका क्रममा मतदाताको घरमदैलोमा पुगेका  स्वतन्त्र उम्मेदवार जी.सी लाई पाका उमेरका आमा बुवाले आर्शीवाद दिएका हुन् । बोलेर हैन गरेर देखाउँछु भन्ने दृढ संकल्प लिएर चुनावी मोर्चामा होमिएका जि.सीलाई चुनावमा सफलता मिलोस भन्दै बृद्धबृद्धाहरुले शुभकामना समेत दिएका छन् । ठुला ठुला झण्डा र भड्किलो प्रचार समाग...

देउवालाई ‘लाइभ डिबेट’मा आउन केपी ओलीको चुनौती

देउवालाई ‘लाइभ डिबेट’मा आउन केपी ओलीको चुनौती
काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ’लाइभ डीबेट’का लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आह्वान गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत् आफू ’लाइभ डिबेट’ लागि तयार रहेको उल्लेखसमेत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई ‘लाइभ डिबेट’ आउन आग्रह गरेको बताए । पश्चिमा देशमा निर्वाचनका बेला गरिने ’लाइभ डीबेट’का लागि ओलीले आफू तयार रहेको बताए। ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ’लाइभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ ।धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति ...

पूर्वी नवलपरासीमा चुनावी सरगर्मी बढ्यो

पूर्वी नवलपरासीमा चुनावी सरगर्मी बढ्यो
कावासोती ।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको छ । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कां...