काठमाडौंः नेकपा एमालेले सरकार गठन भएको एक महिनाभित्र वंशजका आधारमा नागरिकता दिने जनाएको छ ।एमालेले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गर्दै ६ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गर्ने र सबै नेपालीलाई नागरिकता दिने बताएको हो ।

प्रतिबद्धतापत्रमा एक वर्षभित्र राष्ट्रिय परिचय पत्र उपलब्ध गराइने उल्लेख छ । एमालेले चार संकल्प प्रस्तुत गरेको छ । सुशासन,विकास, समृद्धि र समानता एमालेका संकल्प हुन् ।प्रतिबद्धतापत्रमा कृषि उत्पादनमा व्यापक वृद्धि गरिने उल्लेख छ ।

समृद्धिको यात्रामा बाधक बनेका नीतिहरुमा सुधार गरिने विषय घोषणापत्रमा समेटिएको छ । घोषणापत्रमा नागरिक प्रशासनलाई व्यवसायिक, सक्षम र जनताप्रति उत्तरदायी बनाइने उल्लेख छ ।फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने घोषणापत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया