चितवन । नेपाली काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले नारायण्गढमा आज दिउसो आयोजना गरेको चियापान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।नेपालीहरुका महान पर्वहरुका अवसरमा नेता कोइरालाले शुभचिन्तक तथा सुभेच्छुकहरुका लागि आयोजना गरेको चियापान कार्यक्रममा कँग्रेसजनको बाक्लो उपस्थिति रहेको थियो ।उद्योग बाणिज्यसंघ चितवनको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा  काग्रेसको नेतृत्वमा रहेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै काग्रेस पूर्व सभापति कोइरालाले कसैले चाहेर पनि ईतिहास मेट्न नसक्ने बताए । केहि समय विदेशमा रहँदा आफन्तहरुसँग भेटघाट तथा शुभकामना आदनप्रदान गर्न नपाएकोले आफन्तहरुसँग भेटघाटका लागि कार्यक्रमको आयोजना गर्न खोज्दा काँग्रेस नेतृत्व अत्तालिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

आफु पदका पछि कहिल्लै नलाग्दै भन्दै उनले आफुसँगै कारबाहिमा परेका नेताहरुको कारबाही फुकुवा हुने तर आफुमाथि नेतृत्वले बारम्बार अन्याय गरिरहेको गुनासो पोखे ।मसिंर ४ गतेका लागि तोकिएको निर्वाचनमा कसलाई सर्मथन गर्ने भन्ने बारेमा उनले केहि समयपछि धारणा सार्वजनिक गर्ने बताए । “तपाईहरुको घरदैलोमा आएर चुनावी अवस्थाका बारेमा जानकारी लिएर मात्रै के गर्ने भन्ने निर्णय गरौला उनले भने।”

सम्बोधनका क्रममा नेता कोईरालाले जिम्मेबारी नपाए सधैभरी दास बनेर पछि हिड्न नसक्ने बताए । चितवन काँग्रेसमा नेता विकास काेइराला प्रभावशाली नेताकाे रुपमा परिचित छन् । काेइरालाले चाहेमा राजनैतिक ध्रुविकरण हुन सक्ने चर्चा काँग्रेसभित्र अहिलेपनि छ ।

तपाईको प्रतिक्रिया