भ्रम र अवरोधहरुका बाबजुद व्यापक जनसहभागिता : नेकपा चितवन
चितवन।नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनले हिजो माघ १७ गते आयोजना गरेको जनसभामा भ्रम र अवरोधहरुका बाबजुद व्यापक जनसहभागिता भएको जनाएको छ । जनसभा परिचालन समितिका संयोजक काशीनाथ अधिकारीले आज आईतबार एक विज्ञप्ति प्रकाशित गरी आम जनसमुदायको सरकार, पार्टी र नेतृत्वप्रति व्यापक जनसमर्थन रहेको जनसभाले पुष्टि गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ “कोभिड १९ को प्रभाव कायमै रहेको, मौसम ज्यादै प्रतिकूल रहेको, अनेकौं किसिमका भ्रम र अवरोधहरुका बाबजुद पनि स्वस्फूर्त रुपमा सभामा जुनप्रका...


