काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलसमा आजबाट विपक्षीको बहस सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गर्दैछन् ।
बहसका लागि महान्यायाधिवक्ता खरेलले कमजोर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नसक्ने, तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई खुम्चिएर बस भन्ने व्याख्या हुन नसक्ने बताएका छन् । तर खरेललाई न्यायाधीश सपना मल्ल प्रधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार कहाँबाट भएको भनेर प्रश्न गरेकी हुन ।
प्रधानले विघटन गर्ने अधिकार प्रयोग गर्न पाउने कि नपाउने र पाउने हो भने प्रयोग गर्नुपर्ने अवस्था थियो कि थिएन रु यो प्रयोग गर्नुअघि प्रधानमन्त्री संसदमा टेष्ट हुनुपर्ने कि नपर्ने भनेर प्रश्न गरेकी थिइन् ।