Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन ।प्रधानमन्त्री उपस्थित सिटी हल शिलान्यास कार्यक्रम बहिस्कार गरेकोमा वामगती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको आलोचना गरेका छन् । भरतपुरमा आयोजित ओली पक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सूर्य चिह्नको मतपत्र चपाएर मेयर हुनेले अरुकै जुठोपुरो खाएर प्रधानमन्त्रीलाई बहिस्कार गरेको टिप्पणी गरे ।

पौडेलले प्रश्न गर्दै भने– मतपत्र च्यातेर, चपाएर विजयी हुनेहरु प्रधानमन्त्री उपस्थित हुने कार्यक्रम बहिस्कारको विज्ञप्ति निकालेर भागेका छन् । कसको जुठोपुरो खायौ रु प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गर्ने हैसियत के हो ? कसको इसारामा भयो ? मुख्यमन्त्री पौडेलले भरतपुरको लाखौंका जनसभाले प्रचण्ड माधव पक्षका धेरैलाई हर्ट अट्याक हुनसक्ने बताए ।

तपाईको प्रतिक्रिया