×

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना भए ओली पक्षमा लागेका २० सांसदले आफूहरुलाई साथ दिने बताएका छन् ।

आइतबार आफ्नो समूह निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति लगाएर नेता कार्यकर्तालाई आफूतिर तान्ने कोसिस गरेको बताए ।

सतिसाल झै दृढताका साथ उभिने, विरोधी खेमामा सड्नेसँगै कहिले यता त कहिले उता गर्ने मानिसहरु पनि पार्टीमा रहेको भन्दै उनले राम्रा मान्छेहरुलाई तान्ने प्रयास गर्नुपर्ने बताए । नेता नेपालले अघि भने, ‘प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भने हामी २० जना साथ दिन तयार छौं भनेका छन् । ’

थुप्रै नेता कार्यकर्ताले ओली पक्षले देखाएको प्रस्ताव अस्वीकार गरेको उनले सुनाए । ‘एक जनालाई किन्न गएछन्, उनले म विकाउ माल हो रु भनेर झपारिदिएछन् । अर्कोलाई मन्त्री बनाइदिन्छु भनेछन्, उनले ए म लोभमा पर्ने मान्छे हो रु भनेछन्’ नेता नेपालले अघि भने, ‘एक जनालाई हेर्नुस् दिदी बाटामा हिँड्दा केही भयो भने के गर्ने रु भन्दा मलाई धम्की दिन्छौं भनेपछि भागेछन् ।’

अध्यक्ष नेपालले आफ्नो समूहमा संघर्षबाट खारिएर आएका नेता कार्यकर्ताहरु रहेको बताए ।

तपाईको प्रतिक्रिया