जसले अध्यक्ष दिन्छ त्यतै जान्छु : वामदेव गौतम
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का उपाध्यक्ष वामदेव गौतमले आफूलाई जुन समूहले अध्यक्ष दिन्छ त्यही समूह गएर पार्टी एकता अभियान सञ्चालन गर्ने जनाएका छन्।
पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको गौतमको भनाइ छ। सोमबार पत्रकारसँग कुरा गदै गौतमले भने, ‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन, जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु।’
उपाध्यक्ष गौतमले आफूले प...


