×

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित रहने र ‘संसद पुनःस्थापना’को एजेण्डामा सकरात्मक रहँदै नेपाली कांग्रेस केन्द्रीय समितिको ४६ दिन लामो बैठक सकिएको छ ।

पुस ७ गते सुरु भएको कांग्रेस केन्द्रीय समितिको मंगलबार सम्पन्न बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा समेत गरेको छ । कांग्रेसभित्र प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन चर्काउने र संसद पुनःस्थापनाको एजेण्डाको अगुवाई गर्ने विषयमा भिन्न मत रहँदै आएको थियो । बैठक सकिदासम्म पार्टीको एजेण्डाका विषय देखिएको अन्यौल हटेको नेताहरुले दावी गरेका छन् ।

‘कांग्रेस हिजो पनि प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध आन्दोलित थियो, आज पनि छ र भोली पनि रहनेछ । संसद विघटनविरुद्ध आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा पार्टीभित्र भिन्न मत छैन’, बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसंग भने ।

तपाईको प्रतिक्रिया