×

राजनीति

कोभिड वार्डको आईसीयूमा भेटिए जनमोर्चाका सांसद शाही

कोभिड वार्डको आईसीयूमा भेटिए जनमोर्चाका सांसद शाही
पोखरा । बुधबार सम्पर्कविहीन भएका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् । उनी चरक अस्पतालको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका स्रोतले जनाएको छ । उनी सम्पर्कविहीन भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ ।

नेपाल समूहलाई किक आउट गर्दै एमालेमा ‌नयाँ स्थायी कमिटी गठन

नेपाल समूहलाई किक आउट गर्दै एमालेमा ‌नयाँ स्थायी कमिटी गठन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेका छन् । माधवकुमार नेपाल पक्षको अनुपस्थितिका बीच शुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् । उनको स्थायी कमिटीमा नेपाल पक्षलाई समावेश गरिएको छैन । एमाले एकता अभियान चलाएका, तर ओलीले बोलाएको बैठकहरुमा अनुपस्थित रहेका वामदेव गौतमलाई भने राखिएको छ ।साबिकको नेकपामा स्थायी कमिटीमा रहेका पूर्व माओवादीका चार नेता रामबहादुर थाप...

एमाले बैठक बस्दै, माधव पक्षमाथि थप कारबाही होला ?

एमाले बैठक बस्दै, माधव पक्षमाथि थप कारबाही होला ?
काठमाडौं । आन्तरिक विवादले पार्टी बिभाजनसम्मको जोखिम बढिरहेको समयमा सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।विहान ११ बजेदेखि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको छ । यो बैठक बैशाख ६ गतेकै निरन्तरता हो । अध्यक्ष ओलीले केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए । ६ गतेको बैठकले माधवपक्षीय नेताहरु प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने न...

माधव नेपाल समूहलाई कडा कारबाही हुन्छ : ओली

माधव नेपाल समूहलाई कडा कारबाही हुन्छ :  ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताएका छन् । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुने बताएका हुन् । कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसतर्फ संकेत गर्दै उनले भने, ‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन् । अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कड...

गृहमन्त्री थापा पदमुक्त, सांसद पद पनि खारेज

गृहमन्त्री थापा पदमुक्त, सांसद पद पनि खारेज
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल'को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ।नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ।थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसो बस्ने भएको छ। सानेपामा बस्ने बैठकमा मुख्यगरी १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुँदैछ। कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको थियो। तर सिन्धुपाल्चोकलगायत जिल्लाले अझै क्रियाशील वितरण गर्न फारम नपाएको बताएका छन्। यहाँ समायोजनकै काम सकिएको छैन। कांग्रेसले चैत ३० गतेका लाग...

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्य बने मन्त्री

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्य बने मन्त्री
सुर्खेत । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् । एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए ।३९...

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक आज बस्दै

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक आज बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सवंदलीय बैठक आज ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको बताइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबं पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । तर जनता समाजबादी पार्टी ९जसपा०का संघस्य परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने बैठकमा निमन्त्रणा गरिएको छैन ।निमन्त्रणाका लागि ...

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदमाथि एमालेकाे डन्डा

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदमाथि एमालेकाे डन्डा
काठमाडौं । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ। शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो । दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले  जानकारी दिए । सांसद परियारले भने, ‘एमालेको दलको बैठ...