कर्णालीमा चरम अराजकता भयो, क्षम्य हुँदैन: प्रदीप ज्ञवाली
काठमाडौं।कर्णाली प्रदेशमा पार्टीका सांसदहरूले नै फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएपछि नेकपा एमालेको ओली समूह क्रुद्ध बनेको छ।पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका सांसदहरूले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गरे पनि नेता माधवकुमार नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गरेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो।
परराष्ट्र मन्त्रीसमेत रहेका एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशमा फ्लोर क्रस हुनुलाई अराजकत...


