×

काठमाडौं । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ। शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले  जानकारी दिए । सांसद परियारले भने, ‘एमालेको दलको बैठकले एमालेको नाममा संसदमा विपक्षमा मत दिने राजनीतिक अपराधीहरुलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ।’ शुक्रबार एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका थिए ।चारैजना सांसद एमाले माधव नेपाल पक्षधर सांसद हुन् ।

तपाईको प्रतिक्रिया