Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउन बहुमत नपुगेको बताएका छन्।कांग्रेसले केपी शर्मा ओली सरकारको विकल्प खोज्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको उल्लेख गरेका देउवाले नयाँ सरकार बनाउन बहुमत भने नपुगेको बताए।

उनले जसपासँग कुरा भइरहेको पनि बताए।‘जसपासँग मेरो कुरा भइरहेको छ सबै कुरा अहिले म कहाँ भन्छुरु, तर अहिलेसम्म बहुमत पुगेको छैन। बहुमत पुगेपछि तपाईंहरूलाई बोलाएरै भनौंला,’ बुढानिलकण्ठमा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले भने।

उनले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउन पनि बहुमत पुगिनसकेको बताए। अविश्वास प्रस्ताव फेल भयो भने एक वर्ष ल्याउन नपाइने भन्दै उनले त्यसका लागि तयारी राम्रो गर्नुपर्ने बताए।अविश्वास प्रस्ताव र नयाँ सरकारका लागि संख्या पुगेको छैन,’ उनले भने।

तपाईको प्रतिक्रिया