पोखरा ।गण्डकी प्रदेशमा युवा तथा खेलकूद मन्त्री नियुक्त भएका दीपक मनाङे ले सपथ लिएका छन्।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज उनलाई मन्त्री बनाएका थिए।
गुरूङलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।सामाजिक विकास मन्त्रालय फुटाएर मुख्यमन्त्री गुरूङले मनाङेलाई मन्त्री बनाएका हुन्। मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव आएका बेला मन्त्रिपरिषद विस्तार गरिएको हो।
युवा तथा खेलकुद मन्त्रालय थपिएसँगै गण्डकी प्रदेशमा मन्त्रीको ८ पुगेको छ। यसअघि मुख्यमन्त्रीसहित गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद थियो।मनाङे आपराधिक पृष्ठभूमिका हुन्। उनी सांसद चुनिनुभन्दा अघि डिल्लीबजार कारागारमा थिए।