Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताएका छन् । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुने बताएका हुन् ।

कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसतर्फ संकेत गर्दै उनले भने, ‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन् । अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ ।’

नेपाल समूहले  प्रचण्डको पाउमा एमाले पार्टी चढाउन खोजेको र कांग्रेस लगायत गैरकम्युनिष्टहरुको नेतृत्वमा सरकार बनाउन फ्लोर क्रस गर्छौं भन्दै हिँडेको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया