×

राजनीति

कांग्रेसको पौडेल पक्षले भन्यो : सभापतिमा एकल उम्मेदवार तय गर्छौं

कांग्रेसको पौडेल पक्षले भन्यो : सभापतिमा एकल उम्मेदवार तय गर्छौं
काठमाडौं :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता जनाएका हुन्। कांग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाका रूपमा स्थापित गर्न सहमति र ठाउँअनुसार उम्मेदवारी दिने उनले बताए। पार्टी ब...

माओवादी दलको कार्यालयमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

माओवादी दलको कार्यालयमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान छलफल भएको हो ।करिब २० मिनेटजति भएको छलफल सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको प्रचण्ड निकट स्रोतले बतायो ।नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए पनि अझै टुंगो लागिसकेक...

विवेकशील साझाको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै

विवेकशील साझाको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। अध्यक्ष मिश्रले आज मध्यान्ह १२: ३० बजे बैठक राखेका छन् भने संयोजक पाण्डेले आज बिहान ११ बजे नै बैठक राखेका छन्।केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको छ। अध्यक्ष र संयोजकले राखेको दुबै केन्द्रीय समिति बैठक भर्चुअल रूपमा हुनेछ। अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अग...

काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाको पक्षमा प्रदर्शन,कारवाही फुकुवा गर्न माग

काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाको पक्षमा प्रदर्शन,कारवाही फुकुवा गर्न माग
चितवन । नेपाली काँग्रेस चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाको कारबाही फुकुवा गराउन दबाबस्वरूप नेपाल तरुणदल चितवनले ध्यानाकर्षण पत्र बुझाएको छ । तरुणदल चितवनले आज पार्टी जिल्ला सभापतिलाई आज ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै कारबाही फुकुवाका लागि दबाब दिएको हो । तरुणदल जिल्ला अध्यक्ष राजन ताम्राकारले कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनुभएको हो । बाहौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापति पदमा निर्वाचित कोइरालालाई केन्द्रीय नेतृत्वले अपमानजनक र अलोकत...

नवलपुरमा काङ्ग्रेसको वडा अधिवेशन भदौ २१ गते

नवलपुरमा काङ्ग्रेसको वडा अधिवेशन भदौ २१ गते
कावासोती । नवलपुरमा नेपाली काङ्ग्रेसको वडा अधिवेशनहरु भदौ २१ गते हुने भएको छ ।बुधबार नेपाली काङ्ग्रेस नवलपुरको जिल्ला कार्यसमितिको बैठकले भदौ २१ गते जिल्लाका सबै ९२ वडामा एकै दिन अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । काङ्ग्रेसको जिल्ला अधिवेशन सम्पन्न गर्न तोकिएका जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलको उपस्थितिमा बसेको बैठकले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको काङ्ग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले बताए । लगातार वर्षा पछिको प्राकृतिक प्रकोपका कारणले जिल्ला...

मन्त्रिपरिषदलाई पूर्णता दिन सरकारलाई सकस !

मन्त्रिपरिषदलाई पूर्णता दिन सरकारलाई सकस !
काठमाण्डौ – मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ गठबन्धन दलहरुबीच एकपछि अर्को गाँठो देखिएको छ । यसअघि माधवकुमार नेपालको नयाँ दलले मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी थियो । तर माधव नेपालको दलले मान्यता पाएको एक हप्ता भैसक्दा समेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । सत्तारुढ गठबन्धनका नेताहरुबीच दिनहुँजसो बैठक भैरहे पनि मन्त्रालय भागबण्डामा सहमति जुट्न बाँकी छ । यस्तै राजनीतिक दल विभाजनसम्बन्धी नयाँ अध्यादेशअनुसार प्रदेश सभा...

एसएसबीको उपस्थितिमै दार्चुला घटना भएकाे छानविन समितिकाे निष्कर्ष

एसएसबीको उपस्थितिमै दार्चुला घटना भएकाे छानविन समितिकाे निष्कर्ष
काठमाडौं । छानबिन समितिले दार्चुलामा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो । छानवि समितिले एसएसबीको संलग्नतामा पुन अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका...

वागमती प्रदेश: एमालेका १२ सांसद समाजवादीमा, अष्टलक्ष्मीको मुख्यमन्त्री पद जाने निश्चित

वागमती प्रदेश:  एमालेका १२ सांसद समाजवादीमा, अष्टलक्ष्मीको मुख्यमन्त्री पद जाने निश्चित
हेटौँडा।  वागमती प्रदेशसभामा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका छन् । राजेन्द्र पाण्डे, रमा आले मगर, लक्ष्मण लम्साल लगायत १२ सांसदले मंगलबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् । उनीहरुको सनाखतसँगै अब वागमती प्रदेशमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्ने निश्चितप्राय भएको छ । वागमती प्रदेशसभामा यसअघि नेकपाका ५६ सांसद रहेकोमा १२ सांसद एकीकृत समाजवादीमा प्रवेश गरेसँगै एमाले अल्पमतमा परेको छ । १२ ...

जयसिंह धामी बेपत्ता भएको एक महिना : छानबिन प्रतिवेदनमा सरकार पन्छिँदै

जयसिंह धामी बेपत्ता भएको एक महिना : छानबिन प्रतिवेदनमा सरकार पन्छिँदै
काठमाण्डौ ।  दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको एक महिना हुँदा पनि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन । भारतीय सशस्त्र सीमा बल एसएसबीले तुुइन खुस्काइदिएपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । यसबारे छानबिन गर्न गठन भएको सरकारी समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्व रहेको समितिले तेस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । तेस्रो पटकको म्याद आज सकिँदैछ ।...