×

राजनीति

संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभा को बैठक आज बस्ने भएको छ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे बस्ने गरी दुबै सदनको बैठक आह्वान गरेकी थिइन्। सरकारले संसदको अधिवेशनमा बजेट विस्थापन गर्न विधेयक ल्याउने सम्भावना छ।संघीय निजामती सेवा विधेयक, नागरिकता विधेयकलगायत पेश गर्ने र अध्यादेशहरूलगायत पनि कार्यसूचीमा छन्। साउन ३२ मा सरकारले अधिवेशन अन्त्य गरेको थियो। त्यसबेला सरकारले अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादे...

‘पार्टीभित्रकै हरिया साँपले डसे, त्यसैले प्रतिपक्षमा छौं’ : ओली

‘पार्टीभित्रकै हरिया साँपले डसे, त्यसैले प्रतिपक्षमा छौं’ : ओली
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे मंगलबार एउटै मञ्चमा देखिए ।पोखरामा आयोजित वृहत कार्यकर्ता भेलामा पाण्डेले सम्बोधन गरिरहेका बेला ओली पुगेका थिए । पछिल्लो समय पार्टीमा देखिएको अन्तरसंघर्षबारे तात्तातो समीक्षा गर्न नहुने बताएका पाण्डेले ओली मञ्चमा आएपछि १० बुँदे सहमतिलाई फेरि दोहोर्‍याए । माधव नेपालले अघि सारेको ६ बुँदे प्रस्तावकै मर्मअनुसार सहमति भएको भन्दै उनले भने, ‘१० बुँदामा कायम भएपछि पार्टी एकता...

एमालेले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्छः अध्यक्ष ओली

एमालेले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्छः अध्यक्ष ओली
काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेर जनमत ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । पार्टी निकट राष्ट्रिय युवा सङ्घ नेपालले आज आयोजना गरेको भेलामा पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी अबको एमालेलाई फुट्दा नफुट्ने, निःस्वार्थी र देश बनाउन सक्षम शक्ति बनाउनेछौँ ।” उहाँले सरकारले राष्ट्रिय स्वाधीनताका पक्षमा प्रदर्शन गर्ने र अभिव्यक्ति दिनेलाई कारबाहीको चेतावनी दिनु लोकतन्त्र...

मोदीको प्रतिष्ठामा आँच आउने क्रियाकलाप नगर्न सरकारको चेतावनी

मोदीको प्रतिष्ठामा आँच आउने क्रियाकलाप नगर्न सरकारको चेतावनी
काठमाडौं । सरकारले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने खालका गतिविधि नगर्न जनतालाई चेतावनी दिएको छ ।गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रहरुविरुद्ध लक्ष्यित हुने गतिविधिलाई नियन्त्रण गर्ने र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारवाही गर्ने बताएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्...

केपी ओली भन्छन : हाम्रा घरका बिरालाहरू देउवाको भान्सामा दूधभात खान पुगे

केपी ओली भन्छन :  हाम्रा घरका बिरालाहरू देउवाको भान्सामा दूधभात खान पुगे
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर नयाँ पार्टी बनाएका माधव नेपाल पक्षप्रति कटाक्ष गरेका छन् ।आज भएको पार्टीको एक कार्यक्रममा उनले माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएको नभई कांग्रेस र देउवाका लागि ‘यस’ पार्टी बनाएको भन्दै व्यङ्ग्य गरे । उनले एमाले छोडेर अहिलेको सरकारमा जान तयार गरिरहेकाहरुलाई देउवाको भान्छामा दूध भात खान गएका बिरालाहरूको संज्ञा दिए । उनले भने–‘अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा पुगेका छन् । दूध र भ...

नेपाली काँग्रेस गैँडाकाेट वडा न ६ को सभापतिमा प्रकाश भुसाल

नेपाली काँग्रेस गैँडाकाेट वडा न ६ को सभापतिमा प्रकाश भुसाल
नवलपुर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारीका लागि गैँडाकोट ६ मा आज वडा भेला बसेको छ । भेलाले वडा सभापतिका लागि प्रकाश भुसाललाई सर्बसम्मत उम्मेद्वार बनाउने निष्कर्ष निकालेको वडा सभापति हिमलाल सापकोटाले बताउनुभयो । भुसालले वर्तमान वडा कार्यसमितिमा सचिव पदमा रहेर काम गर्नुभएको छ । अन्य पदाधिकारी तथा प्रतिनिधि छनौटका लागि वडा सभापति हिमलाल सापकोटा को संयोजकत्वमा समितिमा लक्ष्मी प्रसाद सापकोटा र नरहरि सापकोटा छन् । वडाको अधिवेशन भदौ २१ गते हुनेछ ।

वामदेव गौतमले त्यागे एमाले

वामदेव गौतमले त्यागे एमाले
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका हुन् । गौतमले अध्यक्ष ओलीलाई स...

देउवाले भने– जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्छु

देउवाले भने– जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्छु
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास जितेर अघि बढ्ने प्रण गरेका छन् ।पार्टीको १४ औं महाधिवेशन अन्तर्गत आजबाट सुरु भएको वडा अधिवेशनको अवसरमा शुभकामना सन्देश दिंदै देउवाले उक्त प्रण गरेका हुन् । ‘कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको छ,’ देउवाले भिडियो सन्देशमा भनेका छन्, ‘म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन...

नेकपा एमालेले भन्यो: जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोज्यो

नेकपा एमालेले भन्यो: जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोज्यो
चितवन -नेकपा एमालेले भारतीय सीमा सुरक्षा बलको ज्याजतीबाट मृत्यु भएका जयसिंह दाबीको घटनामा सरकार लाचार बनेको आरोप लगाएको छ ।पार्टीले आज एक प्रेस वक्तव्य सार्वजनिक गर्दै गत साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको एक महिनाभन्दा बढी समय बित्दा पनि सरकारले बेवास्ता गरेको जनाएको हो । यस विषयमा छानबिन गर्न गठित समितिको म्याद पटक–पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्...