भनसुनमा प्रहरीमा जागिर लगाएको दाबी गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
गृहमन्त्री बालकृष्ण खाँणलाई भनेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेपाल विद्यार्थी संघमा आवद्ध एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको ऐरावती गाउँपालिका–१ दाङबाङ घर भएका नरेन्द्र गुरुङलाई पक्राउ गरिएको प्युठानका डिएसपी सुनिल मल्लले बताए ।
गुरुङले आफ्नो व्यक्तिगत पहल र नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्री लम्साल समेतको सिफारिसमा प्युठानका ४१ जनाले प्रहरीमा नाम निकालेको सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
समाजिक सञ्जालमा गुरुङले नाम निकाल्नका सहयोग गरेको भन्...


