×

राजनीति

प्रदीप नेपालले छाडे माधव नेपालको साथ

प्रदीप नेपालले छाडे माधव नेपालको साथ
काठमाडौं।नेकपा एमालेका पुराना नेता प्रदीप नेपालले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी छोडेका बताएका छन्।जनताको बहुदलीय जनवाद अंगिकार नगरे नाम नलेख्न भन्दाभन्दै माधव नेपालले ‘धोका’ दिएको उनले बताएका छन्।सोमबार फेसबुकमा स्टाटस लेख्दै नेपालले आफू केपी ओलीसँग नजाने पनि स्पष्ट पारेका छन्। ‘म केपीसँग जान्नँ, किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ, तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ,’ नेपालले भनेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम...

सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्न म पनि उम्मेदवार हुँ  : देवेन्द्र पौडेल

सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्न म पनि उम्मेदवार हुँ  : देवेन्द्र पौडेल
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जिम्मेवारी दिए सरकारमा पार्टीको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।माओवादीले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । तर माओवादी केन्द्रमा आकांक्षी धेरै छन् । माओवादीबाट जनादर्न शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री भइसकेका छन् । अब ४र५ वटा भन्दा बढी मन्त्रालय आफूहरुले पाउने सम्भावना नरहेको स्थायी कमिटी सदस्य पौडेल बताउँछन् । उनी पनि मन्त्रीका दाबेदार हुन् । यद्यपि यो विषय पार्टीले निर्णय गर्नुपर्न...

सत्ता गठबन्धनका नेताहरुको बैठक जारी

सत्ता गठबन्धनका नेताहरुको बैठक जारी
काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरुको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारबारे आइतबार पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ...

गठबन्धनमा आबद्ध दललाई मन्त्रीको भाग पुर्‍याउन मन्त्रालयको सङ्ख्या १३ पुर्‍याइयो

गठबन्धनमा आबद्ध दललाई मन्त्रीको भाग पुर्‍याउन मन्त्रालयको सङ्ख्या १३ पुर्‍याइयो
बुटवल । लुम्बिनी प्रदेश सरकारले १३ वटा मन्त्रालय बनाएको छ ।शङ्कर पोखरेल नेतृत्वको सरकारमा मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय रहेकामा आइतबार १३ पुर्‍याइएको हो । जसअनुसार लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन...

गैँडाकोटमा माधव समूह शुन्य : मेयर पौडेल सहित ८ वडाअध्यक्षहरु नेकपा एमालेमै

गैँडाकोटमा माधव समूह शुन्य : मेयर पौडेल सहित ८ वडाअध्यक्षहरु नेकपा एमालेमै
नगरप्रमुख पौडेल सहित एमालेबाट निर्वाचित वडाअध्यहरु  नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित मेयर सहितका सवै जनप्रनिधिहरुले आफु एमालेमै रहने बताएका छन् । लामो समयदेखि नेकपा एमालेकै लागि रगत आँशु र पसिना बगाएको भन्दै उनिहरुले विभाजनको पक्षमा आफुहरु नलागेको बताए । १८ वटा वडाहरु रहेको गैडाकोट नगरपालिकामा मेयर सहित ८ वटा वडाका अध्यक्ष पदमा एमालेबाट उठेका जनप्रतिनिधिहरुले चुनाव जितेका थिए ।नगरप्रमुख छत्रराज पौडेलले आफुु विगतदेखिनै नेकपा एमालेक...

नवलपुरका अधिकांसले छाडे माधवको साथ, सबै स्थानीय तहका प्रमुख र उपप्रमुख एमालेमै

नवलपुरका अधिकांसले छाडे माधवको साथ, सबै स्थानीय तहका प्रमुख र उपप्रमुख एमालेमै
नवलपुर । नेकपा एमाले विभाजन गरि नेकपा (एकिकृत समाजवादी) पार्टी गठन गरेपछि विगतमा माधवकुमार नेपाल पक्षमा रहेका नवलपुरका अधिकासं एमाले नेताहरुले नेपालको साथ छाडेका छन् ।विगतमा माधव पक्षमा रहेका केन्द्र देखि जिल्ला तहका नेताहरुले नेपालको साथ छाडेका हुन् । एमाले र माओवादी केन्द्रको एकिकरण पछि बनेको नेकपामा माधव नेपालको कोटाबाट केन्द्रीय सदस्य हुनुभएका रविन्द्र अधिकारीले पार्टी विभाजनमा साथ दिन नसक्ने भन्दै नेता नेपालको साथ छाड्नु भएको छ । उहाँ एमाले सचिव गोकर्ण विष्ट युवा संघको अ...

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त
प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।पार्टी विभाजन भएपछि पहिलोपटक  केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आज  मध्यान्ह १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको जानकारी दिए।एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन्। निर्वाचन आयोगबाट उक्त पार्टी बुधबार दर्ता भई प्रमाण पत्र पाइसकेको छ। समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका वि...

एमालेका नेताहरुलाई डाँडामा लगेर थुनियो : केपी ओली

एमालेका नेताहरुलाई डाँडामा लगेर थुनियो : केपी ओली
फाइल तस्वीर काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाएका छन् । यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको उनले बताए । एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती राखेको बताए । उनले भने, ‘बैठक भनेको एक लेभलको हुन्छ । कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो रु’ ...