हेटौँडा।  वागमती प्रदेशसभामा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका छन् । राजेन्द्र पाण्डे, रमा आले मगर, लक्ष्मण लम्साल लगायत १२ सांसदले मंगलबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् ।

उनीहरुको सनाखतसँगै अब वागमती प्रदेशमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्ने निश्चितप्राय भएको छ । वागमती प्रदेशसभामा यसअघि नेकपाका ५६ सांसद रहेकोमा १२ सांसद एकीकृत समाजवादीमा प्रवेश गरेसँगै एमाले अल्पमतमा परेको छ ।

१२ सांसदमध्ये राजेन्द्र पाण्डे, कृष्ण खनाल, बसुन्धरा हुमागाईँ, बसन्त मानन्धर, रमा आले मगर लगायत सांसदले यसअघि नै आफूहरु नेकपा एकीकृत समाजवादीमा रहेको घोषणा गरेका थिए । मंगलबार उनीहरुले औपचारिक रुपमा निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् । नेता राजेन्द्र पाण्डेका अनुसार भदौ २२ गतेसम्ममा एमालेमा रहेका अरु थप केही सांसदहरु समाजवादीमा प्रवेश गर्नेछन् ।

समाजवादीका लागि ककसले गरे सनाखत ?

रमा आले मगर

राजेन्द्र पाण्डे

लक्ष्मण लम्साल

बसुन्धरा हुमागाईँ

बसन्त मानन्धर

पार्वती सिलवाल

कुसुम कार्की

इन्द्रमाया गुरुङ

कृष्ण खनाल

राजेन्द्रमान श्रेष्ठ

माधव पौडेल

तपाईको प्रतिक्रिया