×

नगरप्रमुख पौडेल सहित एमालेबाट निर्वाचित वडाअध्यहरु 

नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित मेयर सहितका सवै जनप्रनिधिहरुले आफु एमालेमै रहने बताएका छन् । लामो समयदेखि नेकपा एमालेकै लागि रगत आँशु र पसिना बगाएको भन्दै उनिहरुले विभाजनको पक्षमा आफुहरु नलागेको बताए ।

१८ वटा वडाहरु रहेको गैडाकोट नगरपालिकामा मेयर सहित ८ वटा वडाका अध्यक्ष पदमा एमालेबाट उठेका जनप्रतिनिधिहरुले चुनाव जितेका थिए ।नगरप्रमुख छत्रराज पौडेलले आफुु विगतदेखिनै नेकपा एमालेको सिपाही भएको भन्दै पार्टि विभाजनलाई साथ दिन नसक्ने बताउनु भयो। उहाँले भन्नुभयो पहिले पनि एमालेमै थिए अहिले पनि एमालेमै छु।

मेयर पौडेल बाहेक गैडाकोट नगरपालिका वडा नं. २, ५, ८, ९,१०,११,१३ र १४ नम्बर वडामा नेकपाले विजयी भएको थियो । नेकपा एमालेमा विवाद उत्पन्न भएदेखि नै खुलेर ओली समूहमा लागेका गैँडाकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नवराज कंडेल, वडा नं. ८ का अध्यक्ष डिलाराम रिजाल, ९ नं.का अध्यक्ष प्रेमप्रसाद सापकोटा र ११ नं. का अध्यक्ष गोविन्द सुवेदी विगत देखि नै ओली समूहमा लागेका नेताहरु हुन ।

यी बाहेक वडा नं. २ का अध्यक्ष धुव्रराम पौडेल, १० का अध्यक्ष देवीदत्त कंडेल, १३ का वडा अध्यक्ष पदमलाल पौडेल र १४ का वडाअध्यक्ष कोकीशरा राना मगर पनि नेकपा एमालेमै रहेको बताइएको छ ।

गैँडाकोट नगरपालिका ५ का अध्यक्ष नवराज कंडेलले गैँडाकोटमा एमाले विभाजन नभएको बताउनुु भयो । हामि एकतावद्ध रुपमा अगाडि बढेका छौ : कडेलले भन्नुभयो पार्टि विभाजनको पक्षमा नेकपा एमालेका कोहि नेता हुनुहुन्न ।

माधव समूहकाे भनेर चिनिदै आउनुभएका नेकपा एमालेका नगर अध्यक्ष षडानन्द लामिछाने पनि माधव समूहमा  लाग्नुभएकाे छैन । पार्टि विभाजनपूर्व खुलेर माधव गुटमा लाग्नुभएका उहाँले  विभाजन पछि माधव समूह त्यागेकाे बताईन्छ । केहिदिन भित्रमै  नेकपा एमालेमै रहेकाे भनेर ‌‌जानकारी गराउने स्राेतले बताएकाे छ ।

तपाईको प्रतिक्रिया