नेपाली काँग्रेस भरतपुर महानगरको सभापतिमा चित्रसेन अधिकारी बिजयी
चितवन । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी बिजयी भएका छन् । उनले ६४९ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे । महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन् ।
यस्तै महानगर उप सभापतिमा वुद्धिकान्त न्यौपाने र बिजय घले बिजयी भएका छन् । न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गरेका छन् । महानगर सचिवमा प्रनिशा ...


