×

राजनीति

नागरिकको हितका लागि सरकारले दक्षिणतिर फर्केर बोल्नसमेत सकेन :ओली

नागरिकको हितका लागि सरकारले दक्षिणतिर फर्केर बोल्नसमेत सकेन :ओली
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बेहाल अवस्थामा रहेको टिप्पणी गर्नुभएको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले वर्तमान सरकार खाने धन्दामा मात्रै लागिपरेको आरोप लगाउनुभयो । तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले देशको नागरिकको अधिकारका लागि सरकारले दक्षिणतिर फर्केर बोल्न समेत नसकेकोमा आपत्तिसमेत जनाउनुभयो । अध्यक्...

एमाले विधान महाधिवेशन :आजदेखि समूहगत छलफल सुरु हुँदै

एमाले  विधान महाधिवेशन :आजदेखि समूहगत छलफल सुरु हुँदै
काठमाडौं ।नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा आजदेखि विभिन्न प्रस्तावहरूमाथि समूहगत छलफल सुरु हुँदैछ।शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेका सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेका विधान संशोधन प्रस्तावमाथि छलफल हुन लागेको हो। छलफलका लागि १० वटा समूह बनाइएको छ। समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ। शनिबार बिहानदेखि हुने समूहगत छलफलको निश्कर्षहरु आजै दिउँसो २ बजे सुरु हुने पूर्ण सत...

कांग्रेस काठमाण्डौको १० पालिकामा आज अधिवेशन हुँदै

कांग्रेस काठमाण्डौको १० पालिकामा आज अधिवेशन हुँदै
काठमाण्डौ -नेपाली कांग्रेस काठमाण्डौको पालिका अधिवेशन आज हुँदैछ ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो । काठमाण्डौका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाण्डौ महानगरसहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको जानकारी दिनुभयो । काठमाण्डौको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ । दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै छ । केन्द...

नेकपा एमालेको विधान महाधिवेशन सुरु हुँदै

नेकपा एमालेको विधान महाधिवेशन सुरु हुँदै
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने छ । माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत पाए पनि तीन वर्षमै सरकार ढलेको, सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले व्युँताइदिएको र यही विवादका कारण एमाले फुटेको अवस्थामा...

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठकमा मूलतः संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुने बताइएको छ । बिहीबार बिहान १० बजेका लागि निर्धारित बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेतालाई आमन्त्रण गरिएको छ । ...

मन्त्रिपरिषदको बैठक आज बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । विहीबार विहान सर्वदलीय बैठक बोलाएका देउवाले अपरान्ह मन्त्रिपरिषद बैठक बोलाएका हुन् । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले आजको मन्त्रिपरिषद बैठक नियमित बैठक नै भएको बताए ।उनका अनुसार सरकारका दैनिक काम कारबाही नै बैठकका एजेण्डा रहेका छन् ।

काँग्रेस हुप्सेकोट : बलबहादुर राना सभापति र चोलाकान्त रेग्मी सचिवमा निर्वाचित

काँग्रेस हुप्सेकोट : बलबहादुर राना सभापति र चोलाकान्त रेग्मी सचिवमा निर्वाचित
नवलपुर  । नेपाली काँग्रेस हुप्सेकोट गाउँ कार्य समितिमा बलबहादुर राना सभापतिमा निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनबाट राना सहितको पदाधिकारी प्यानल चुनिएको हो । कार्य समितिको उपसभापतिमा टोपबहादुर सेन र दलबहादुर सोती निर्वाचित भएका छन् । सचिवमा चोलाकान्त रेग्मी आसिस, धनबहादुर गुरुङ र सहसचिवमा भीमबहादुर सारु मगर र चित्रबहादुर राउत निर्वाचित भएको हुप्सेकोट वडा नं ३ का काँग्रेस सभापति शोभाकान्त लामिछानेले जानकारी दिनुभयो । कुल १ सय १५ मतदाताले मतदान गरेका थिए । १ सय ११...

काँग्रेस बुलिङटारको सभापतिमा ओमकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित

काँग्रेस बुलिङटारको सभापतिमा ओमकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित
नवलपुर । नेपाली काँग्रेस बुलिङटारको गाउँकार्यसमितिको सभापतिमा ओमकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी उपसभापतिमा शेरबहादुर खाँड ठकुरी र मिनबहादुर आलेमगर, सचिवमा मनप्रसाद रानाभाट र प्रदिप कंडेल, सहसचिवमा सोमबहादुर पुलामी मगर र कान्त बहादुर आलेमगर सर्वसम्मत चयन भएको नवनिर्वाचित सभापति श्रेष्ठले जानकारी गराउनुभएको छ ।

गैँडाकाेट कांग्रेस सभापतिका प्रत्यासी खेम सापकाेटाले भने : भ्रम, अविश्वास र आक्षेपले दुःखी छु !

गैँडाकाेट कांग्रेस सभापतिका प्रत्यासी खेम सापकाेटाले भने : भ्रम, अविश्वास र आक्षेपले दुःखी छु !
गैँडाकोट ।नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत गैँडाकोट नगरसभापतिमा खेमराज सापकोटाले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । सोमबार विहान पत्रकार सम्मेलन गर्दै सापकोटाले राजनीतिक निष्ठा र गैँडाकोटको भरोसा कायम राख्न आफुले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । सापकोटाले अब आफ्नो कुनै प्यानल नहुने आफु स्वतन्त्र उम्मेदवार भएको बताउनुभएको छ । यस अघि आफ्नो प्यानलमा रहेका साथीहरु जुन सोचले जता गएपनि आगामी दिनमा उहाँहरु सहयात्री हुने खेमराज सापकोटाले बताउनुभएको छ । ...