काठमाण्डौ -नेपाली कांग्रेस काठमाण्डौको पालिका अधिवेशन आज हुँदैछ ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो । काठमाण्डौका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाण्डौ महानगरसहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको जानकारी दिनुभयो ।

काठमाण्डौको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ । दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै छ । केन्द्रीय निर्वाचन समितिले केही जिल्लाको मात्रै क्रियाशील सदस्यता विवादलाई टुङ्ग्याउन सकेको छैन ।कांग्रेसले आउँदो मङ्सिर ९ देखि १२ गतेसम्मका लागि केन्द्रीय महाधिवेशनको कार्यतालिका तोकिसकेको छ ।

तपाईको प्रतिक्रिया