नवलपुर । नेपाली कांग्रेसको १४ औं नगरअधिवेशन अन्र्तगत भोलि नवलपुरका आठवटा स्थानीय तहहरुमा नयाँ नेतृत्व चयनका लागि अधिवेशन आरम्भ हुँदैछ ।जिल्लाका सवैजसो स्थानीय तहहरुमा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंसाक कोईराला र नेता महेन्द्रध्वज जिसी प्यानल विच प्रतिष्पर्धा हुने देखिएको छ ।
जिल्लाको बलियो पकड मानिने कांग्रेस गैँडाकोटको अधिवेशन नगर पार्टि कार्यालयमा हुने भएको छ । गैँडाकोट ५ मा रहेको विपी स्मृति भवनमा अधिवेशन हुने भएको निर्वाचन अधिकृत विष्णु रिजालले जानकारी दिनुभयो ।
भोलि दिनभर मतदाता नमावली प्रकाशन, मतदाता नामावली उपर दावी विरोध, अन्तीम नामावली प्रकाशन, उमेदवारको मनोनयन दर्ता, उमेदवारको पहिलो नामावली प्रकाशन, दावी विरोध तथा मनोनयन फिर्ता तथा उमेदवारहरुको अन्तीम नामावली प्रकाशनको काम हुने निर्वाचन समितिले जनाएको छ ।
नयाँ नेतृत्व चयनका लागि असोज १२ गते विहान ७ः४५ वजेबाट मतदान प्रकृया सुरु हुने समितिले जनाएको छ । ९८ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि करिव ४८५ जना क्षेत्रीय प्रतिनिधिहरुले भोट हाल्नेछन । गैँडाकोटमा सभापति पदका लागि युवा नेता बद्री सापकोटा र खेमराज सापकोटा विच प्रतिष्पर्धा हुने देखिएको छ ।

भोलिको कार्यक्रम 
विहान ७ :३० वजे मतदाता नामावली प्रकाशन ।
मतदाता नामावली उपर दावी विरोध साढे ८ वजेसम्म ।
विहान ९ बजे अन्तीम मतदाता नामावली प्रकाशन ।
विहान ११ वजेबाट दिउसो १ वजेसम्म उमेदवारहरुको मनोननय ।
दिउसो ३ वजे पहिलो नामावली प्रकाशन ।
दिउसो ३ वजेबाट ३ः३० सम्म उमेदवारमाथी दावी विरोध ।
दिउसो ३ः३० वजेदेखि ४ वजेसम्म उमेदवारको दावी विरोधमाथी छानविन ।
अपरान्ह ४ वजे संसोधित नामावली प्रकाशन ।
अपरान्ह ४ देखि ५ वजेसम्म मनोनयन फिर्ताको समय ।
साँझ ५ः १५वजे उमेदवारको नामावली प्रकाशन ।

 

तपाईको प्रतिक्रिया