×

राजनीति

कांग्रेसको पदाधिकारी बैठक बस्दै

कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ ।सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको देउवा निकट एक नेताले जानकारी दिए । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री देउवाले नेता डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेको स्रोतले बतायो । डा। खड्कालाई आजै पद तथा गोपनीयताको शपथ खुव...

ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई सरकारले फिर्ता बोलायो

ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई सरकारले फिर्ता बोलायो
काठमान्डौ । सरकारले राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय गरेको छ।मंगलबार सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले मन्त्रिपरिषद्को निर्णय पत्रकारहरूलाई सुनाएका थिए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको हो।राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको छ, उनले भने। सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलाय...

माओवादी एमालेकरण हुने डर भयो : प्रचण्ड

माओवादी एमालेकरण हुने डर भयो : प्रचण्ड
काठमान्डौ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन् । सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताएका हुन् । उनले नेकपा माओवादी केन्द्र पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै ब्यबहार देखिन थालेकाले चिन्ता बढाएको बताए । उनले समाजको विकास र न्यायको निम्ति पनि पार...

विभूषणहरुले लज्जा मानेका छन्, बोल्न सक्ने भए उफ्रिन्थे : एमाले अध्यक्ष ओली

विभूषणहरुले लज्जा मानेका छन्, बोल्न सक्ने भए उफ्रिन्थे :   एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गरेका छन् । सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताए । तर सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले भने, ‘आज बाबुको मुख हेर्ने दिन हो रु? श्रीमीतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? बाहिर म पदको भोको ह...

एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।आइतबार दिउँसो १ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने भएको हो।विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल हुनेछ। स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार आज स्थायी कमिटीमा विधान महाधिवेशन तयारीबारे छलफल हुन्छ। एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ।विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भइरह...

अखिल अध्यक्षमा सुनिता बराल 

अखिल अध्यक्षमा सुनिता बराल 
काठमाडौं । अनेरास्वबियुको अध्यक्षमा सुनिता बराल चयन हुनुभएको छ । आज बसेको सचिवालय बैठकमा अध्यक्ष ऐन महरले बिदा लिनुभएपछि उपाध्यक्ष बराललाई अध्यक्षमा चयन गरेको हो । बैठकले सर्वसम्मत रुपमा बराललाई अध्यक्ष र बडाललाई महासचिव चयन गरेको बैठकस्थलमा रहेकी अनेरावबियू केन्द्रीय सदस्य प्रियंका भण्डारीले जानकारी दिनुभयो । महर नेकपा गठनसँगै अनेरास्वबियुको नेतृत्वमा पुग्नुभएको थियो । महरपछि अखिलको नेतृत्व बरालले पाउनु भएको हो । महरसँगै अध्यक्षका दावेदार अन्य पदाधिकारीले भने अखिलबाट बिदा...

एमसिसीका कारण गठबन्धन टुट्दैन-प्रचण्ड

एमसिसीका कारण गठबन्धन टुट्दैन-प्रचण्ड
जनकपुर।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीका कारण गठबन्धन नटुट्ने बताएका छन्।शनिबार जनकपुरमा माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रम समापनपछि आयोजित पत्रकार सम्मेलनमा उनले एमसिसीभन्दा गठबन्धन महत्वपूर्ण रहेको बताए। प्रचण्डले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन तोड्नकै लागि गठबन्धनमा असन्तुष्टि रहेको भनी प्रतिगामी शक्ति मिलेर भ्रम सृजना गरिरहेको आरोप लगाए।‘प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै बनेको गठबन्धन संविध...

संसदको कामबाट म आफैं सन्तुष्ट छैन : सभामुख सापकोटा

संसदको कामबाट म आफैं सन्तुष्ट छैन : सभामुख सापकोटा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट हुन नसकेको बताएका छन् ।शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उनले संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताएका हुन् ।‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन’ उनले भने, ‘कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ । इमानका साथ म यसमा केन्द्रित हुन्छु ।’ आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरुम आन्तरिक लोकतन्त्र ...

माधव नेपालले भनेरै मैले सरकारको नेतृत्व गरेकी हुँ : अष्टलक्ष्मी शाक्य

माधव नेपालले भनेरै मैले सरकारको नेतृत्व गरेकी हुँ : अष्टलक्ष्मी शाक्य
महोत्तरी । बागमती प्रदेशकी मुख्यमन्त्री नेकपा एमालेकी उपाध्यक्ष मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले सरकारको नेतृत्व गरेको फेरि दोहोर्‍याएकी छिन् ।शनिबार महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो सरकार अहिले अल्पमतमा रहेकाले छिट्टै विश्वासको मत लिने जानकारी गराइन् । नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान रहेको बताउँदै उनले माधव नेपाललाई संस्थापन पक्षमा नै फर्किन आग्रह गरेको बताइन् ।‘मैले माध...