काठमाडौँ । नेकपा एमाले को केन्द्रीय कमिटीको बैठक आज आइतबार पनि बस्दै छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक सुरु हुनेछ।

जारी बैठकमा राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल सकिएको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। उनका अनुसार शनिबार १० समूहमा विभाजित टोली नेताले समूहगत छलफलपछि आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

उक्त प्रस्तुति सकिएसँगै शनिबारको बैठक स्थगित गरेर आइतबार बस्ने निश्चित भएको नेता भट्टराई जानकारी दिए।

समूहगत धारणा राख्ने अधिकांश नेताहरुले सत्तरी वर्षे उमेर हद कायम गरेर जानुपर्ने सुझाव दिएको उनले बताए। त्यस्तै टोली नेताले पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित गर्नुपर्ने सुझाव पनि दिएको उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया