एमाले महाधिवेशनः आज सर्वसम्मत नेतृत्व चयन हुने, बिहान १० बजेबाट बन्दसत्र शुरु हुँदै
चितवन । नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सम्पूर्ण अधिकार दिइएको छ ।चितवनमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत हिजोबाट सुरु भएको बन्दसत्रमा हलले अध्यक्ष ओलीलाई सर्वसम्मतिका लागि अधिकार प्रदान गरेको हो ।
एमालेले यसपटक नयाँ नेतृत्व सर्वसम्मतिले गर्ने प्रयास गरिरहेको छ ।
साथै नेताहरुले पनि सहमतिमै नेतृत्व चयन हुने बताएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरु सहमतिमै ट...


