×

मध्य नेपाल

राम–सीता विवाह आज

राम–सीता विवाह आज
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको असरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । त्रेता युगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा विवाह पञ्चमी मनाइन्छ । प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा साताव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुन...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो
सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कुटाकुट भएको छ । ​कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ । आज दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । त्यही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । ‘म पनि बैठकमा सहभागी थिएँ, ...

काँग्रेस सभापतिकाे दौडबाट शंसाक आउट, रामचन्द्रलाइ समर्थन !

काँग्रेस सभापतिकाे दौडबाट शंसाक आउट, रामचन्द्रलाइ समर्थन !
काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा शेरवहादुर देउवालाई परास्त गर्न शशांक कोइरालाले सभापतिको दावी छाडेका छन् ।गणेशमान भवन चाक्सीबारीमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न बसेको बैठकमा महामन्त्री सशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन जनाएका हुन् । बैठकमा कोइरालाले भने – रामचन्द्रजी सिनियर पनि हो । मलाई उहाँले एकपटक सहयोग गर्नुस भन्नुभएको छ । उहाँकै नेतृत्वमा चुनावमा जानू उपयुक्त हुन्छ ।कांग्रेस सभापतिका लागि सो समूहबाट पौडेलसहित सशांक कोइराला, शेखर कोइर...

जिप दुर्घटनामा नवविवाहित जोडी सहित चारको मृत्यु

जिप दुर्घटनामा नवविवाहित जोडी सहित चारको मृत्यु
बैतडी– बैतडीमा सोमबार साँझ भएको जिप दुर्घटनामा नवविवाहित जोडी सहित चार जनाको मृत्यु भएको छ । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका– ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर पाटन– ७ कैलपाल माइत भएकी २० वर्षीया मनिषा विक र उनका श्रीमान २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख इन्स्पेक्टर राज...

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
रौतहट । सर्लाहीमा बालिकामाथि सामूहिक बलात्कार भएको छ। सर्लाहीको बलरामा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको हो।घरबाट दाउरा खोज्न घरबाहिर गएको समयमा चार जना युवकले बालिकामाथि जबरजस्ती करणी गरेका हुन्। करणी गरेका चारमध्ये दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको बलरा नगरपालिका ४ की बालिकामाथि चार जनाले सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन्। चार जनाले बलात्कार गरेको भए पनि सर्लाही प्रहरीले दुई जनालाई मात्र पक्राउ गरेको स्थानीयको आरोप छ। जिल्ला प्र...

कांग्रेस प्रदेश समिति नेतृत्वको लागि आज चुनाव, कहाँ कस्तो प्रतिस्पर्धा ?

कांग्रेस  प्रदेश समिति नेतृत्वको लागि आज चुनाव, कहाँ कस्तो प्रतिस्पर्धा ?
काठमाण्डौ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि आज चुनाव हुँदैछ । प्रदेश-२ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । प्रदेश नेतृत्वको लागि विभिन्न समूहले आफ्नो अनुकूल हुने गरी सहकार्य गरेका छन् । संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । प्रदेश-१ मा संस्थापन पक्षलाई नेता कृष्णप्रसाद सिटौला समूहले सहयोग गरेको छ । सभापतिमा संस्थापन इतर समूहबाट गुरु घिमिरे र संस्थापन इतर समूहबाट उद्धव थापाले...

आज बालाचतुर्दशी, पशुपतिसहित देशभरका शिव मन्दिरमा भीड

आज बालाचतुर्दशी, पशुपतिसहित देशभरका शिव मन्दिरमा भीड
काठमाण्डौ ।  बालाचतुर्दशी मनाउन आज बिहानैदेखि देशभरका शिव मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ ।हरेक वर्ष मंसिर कृष्ण पक्ष चतुर्दशीका दिन बालाचतुर्दशी मनाउन काठमाण्डौको पशुपतिसहित देशभरका शिव मन्दिरमा भीड लागेको हो । त्रयोदशीका दिन हिजो बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्छन् । उनीहरु हिजो बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गरेर रातभर जाग्राम बसेका हुन्छन् । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको...

एमाले महाधिवेशन : मतदान सकियाे

एमाले महाधिवेशन : मतदान सकियाे
चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ,’ निर्वाचन समितिका एक सदस्यले भने ।निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ । मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको थियो । चितवनको सौराहमा जारी बन्द...

नवलपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

नवलपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु
गैँडाकोट । नवलपुरमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक बनमा बाघको आक्रमणबाट सोहि पालिकाको वडा नं. १ का ६२ वर्षका जित बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ। सोहि सामुदायिक वनको हेरालु रहेका उनि शनिवार अपरान्ह नियमित गस्तीमा गएका बाघको आक्रमणमा परेका थिए ।उनको खोजीको क्रममा आइतबार (आज) विहान ८ बजे विनयी सामुदायिक वनको क्षेत्र भित्र पूर्वपश्चिम राजमार्गदेखि २ सय मिटर पर मृत अवस्थामा शव भेट...