काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा शेरवहादुर देउवालाई परास्त गर्न शशांक कोइरालाले सभापतिको दावी छाडेका छन् ।गणेशमान भवन चाक्सीबारीमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न बसेको बैठकमा महामन्त्री सशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन जनाएका हुन् ।

बैठकमा कोइरालाले भने – रामचन्द्रजी सिनियर पनि हो । मलाई उहाँले एकपटक सहयोग गर्नुस भन्नुभएको छ । उहाँकै नेतृत्वमा चुनावमा जानू उपयुक्त हुन्छ ।कांग्रेस सभापतिका लागि सो समूहबाट पौडेलसहित सशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहको दावी छ ।

साझा उम्मेदवार बनाउन कार्यकर्ताले दबाब दिइरहेका छन् ।अहिले नेताहरुको छलफल सकिएको छ । अर्को बैठक भोली बिहान ९ बजे बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया