×

मध्य नेपाल

नारायणगढ–मुग्लिन सडक खुल्यो

नारायणगढ–मुग्लिन सडक खुल्यो
चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड  सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित १७ किलाेमा  खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । विहान सवा ८ बजे खसेको पहिरो बिहान ११ वजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

प्रचण्डले छोरी-बुहारीलाई टीका लगाइदिए, आफ्नो निधार खाली

प्रचण्डले छोरी-बुहारीलाई टीका लगाइदिए, आफ्नो निधार खाली
काठमाडौं । जनयुद्धमा माओवादीहरू दशैं मनाउँदैन्थे । त्यही जनयुद्धका सर्वोच्च कमाण्डर हुन् माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड । प्रचण्डले भने शान्ति प्रक्रियामा आइसकेपछि परिवारमा दशैं मनाउने गरेका छन् । शान्ति प्रक्रियापछि बुवा मुक्तिराम दाहालसँग प्रचण्डले दशैं मनाएका थिए । उनका बुवाको निधन भइसकेको छ ।प्रचण्डले एकमात्र छोरा र एक छोरी पनि गुमाइसकेका छन् । शान्ति प्रक्रियापछि दशैं प्रवेश गरेको प्रचण्डको परिवारले यो वर्ष पनि दशैं मनाएको छ । प्रचण्डले छोरीहरू,...

आज महानवमी पर्व, किन मानिन्छ विशेष ?

आज महानवमी पर्व, किन मानिन्छ विशेष ?
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी) , श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बल...

मौलाकालीमा दर्शनार्थीहरुकाे घुइँचाे ( फोटो फिचर )

मौलाकालीमा दर्शनार्थीहरुकाे घुइँचाे ( फोटो फिचर )
गैँडाकाेट ( माैलाकाली)  । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । नवलपुरकाे गैँडाकाेटमा रहेकाे माैलाकालिका मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुकाे भिड लागेकाे छ ।  

दसैँ मनाउन घर फर्किनेको भीड

दसैँ मनाउन घर फर्किनेको भीड
काठमाडौं । बडादसैँ भित्रिएसँगै उपत्यका छाड्नेहरूको संख्या पनि बढेको छ । काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्नेहरु धमाधम घर फर्कन थालेका हुन् । उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर थातथलोमा फर्किनेहरूको लर्को लागेको छ । पढाइ, रोजगारी तथा व्यवसायको सिलसिलामा सहरबजार छिरेकाहरू दसैँमा घर फर्कने गरेको छ । मीठो खाने र राम्रो लाउने चाडका रूपमा पनि परिचित दसैँमा परिवार, आफन्तजनसँग जमघटको खुसी टीका थापेर आशीर्वाद लिने हुनाले यो चाडको महत्व झन् बढ्दो छ । पछिल्ल...

इमेज परिवारमा शुभकामना र खुसी साटासाट !

इमेज परिवारमा शुभकामना र खुसी साटासाट !
चितवन । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले नेपालीहरुको महान पर्व दशै, तिहार, छठ र नेपाल संवतको अवसरमा शुभकामना आदाप्रदान कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ ।नारायणगढको मुख्य कार्यालयको इमेज हलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा इमेजका विद्यार्थी, कर्मचारी र शिक्षकहरुको सहभागिता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा बोेल्दै इमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले धार्मिक र साँस्कृतिक महत्व बोकेका चाडपर्वलाई सभ्य रुपमा मनाउनुपर्ने बताउनु...

पारासिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय

पारासिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय
काठमाण्डौ ।  देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा स्वास्थ्य मन्त्रालयले अभाव नभएको दाबी गरेको छ ।मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको जनाएको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको उल्लेख छ ।निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व...

फेरिंदै छ चोला, हुप्सेकोटको झरना खोला

फेरिंदै छ चोला, हुप्सेकोटको झरना खोला
सालिकराम कोइराला नवलपुर (हुप्सेकोट) ।  वरिपरि शुन्दर हरियाली। बिचमा खोंच र कलकल बगेको झरना। वन पाखामा चरा चुरूङ्गीको चिरबिर चिरबिर। तल समथर फाँट र माथी महाभारत पहाडको श्रृङ्खला। बारीमा कोदो र जुनेलो । कान्लामा बेसार र आलिमा भटमास। झरना नजिकै सानो फुर्के फाँट। त्यहि फाँटमा कौरा नाचेर औधि रमाइलो गर्दै थिए मगरनी ठिटी पर्यटकका माझ। संसारभर ४३औं विश्व पर्यटन दिवस मनाईरहँदा हुप्सेकोट ४ झरना खोलामा पनि उधुम रमाइलो थियो।  "हाहा ‍‍.....बाटोमा घाटो चण्डि माटो, यसै गाउँको देउ देउत...

गैँडाकोट प्रहरीद्धारा लामोदुरीका लागि हिडेका सवारीसाधनको छड्के जाँच

गैँडाकोट प्रहरीद्धारा लामोदुरीका लागि हिडेका सवारीसाधनको छड्के जाँच
गैँडाकोट । विजयादशमीको अवसर पारेर राजधानी उपत्यका सहित विभिन्न जिल्लाहरुबाट नवलपुर हुँदै जाने सवारीसाधनहरुको चेकजाँच तथा अनुगमनलाई प्रहरीले तिव्रता दिएको छ । यसैक्रममा इलाका प्रहरी कार्यालय गैँडाकोटले मंगलवार राजमार्गमा लामो दुरीका लागि छुटेका सवारीसाधनहरुको अनुमगन गरेको छ । लामो दुरीका  लागि छुटेका यात्रुबाहक बसमा दुईजना चालक भए नभएको, यात्रुहरुले सिटमा बसेर यात्रा गरे नगरेको तथा सवारी साधनको अवस्थाको बारेमा प्रहरीले छड्के जाँच गरेको हो ।इलाका प्रहरी कार्यालय गैँडाकोटका प...