गैँडाकोट ४ को सुर्यवंशी होटलबाट ६ जुवाडे पक्राउ (नाम सहित)
गैँडाकोट । नवलपुरको गैँडाकोटमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित सुुर्यवंशी होटलमा जुवा खेलिरहेका उनिहरुलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएको हो ।उनिहरुको साथबाट तीस हजार २० रुपैँया नगद सहित ३ बुक तास, मकैका दाना (१०० वटा) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा होटल सञ्चालक गैँडाकोट ३ का ४९ वर्षका नर बहादुर आले, खोटाङको हलेसी नगरपालिका घर भै हाल गैँडाकोट १ बस्ने वर्ष ३...


