×

मध्य नेपाल

सुनकोशी–मरिन डाईभर्सन स्थलमा उर्जामन्त्री, स्विच अन गरी सुरुङ खन्ने कार्य सुरु 

सुनकोशी–मरिन डाईभर्सन स्थलमा उर्जामन्त्री, स्विच अन गरी सुरुङ खन्ने कार्य सुरु 
सिन्धुली । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुने भए पछि त्यसको निरिक्षणमा उर्जा मन्त्री पम्फा भुषाल सिन्धुली पुगेकी छिन । मन्त्री भुषालले स्विच अन गरी सुनकोशी–मरिन डाइभर्सनको सुरुङ खन्ने कार्यको उदघाटनसमेत गरेकी छिन । सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन प्रबिधि प्रयोग गरी सुरुङ आजवाट खन्न लागिएको हो । भेरी–बबई डाईभर्सनको सुरुङ पनि यही प्रविधिवाट खनिएको हो । मरिन खोलवाट टनेल खन्न सुरु गरेक...

दुर्गापुजाको भाेज  खाएपछि ७५ जना बिरामी, ४ गम्भीर

दुर्गापुजाको भाेज  खाएपछि ७५ जना बिरामी, ४ गम्भीर
रुपन्देही । पश्चिमनवलपरासीको रामग्राम नगरपालिका वडा नं १८ पम्फापुरमा दुर्गा पुजा समापनकाको भोज खाएका ७५ जना बिरामी परेका छन् । उनीहरुमा झाडापखाला र भाइरल ज्वरोको प्रकोप फैलिएपछि नगरपालिकाले फिल्डमै स्वास्थ्य उपचारको टोली राखेर उपचार गरेको छ । गाउँ नै प्रकोपबाट प्रभावित भएपछि नगर प्रमुख धनपत यादव उपप्रमुख सम्झना चौधरीको स्वास्थ्य टोली लिएर बुधबार नै पुगेका थिए । सो गाउँमा रहेका १२५ जनालाई तत्काल उपचार गरिएको र उनीहरुमध्ये गम्भीर बिरामी ४ जनालाई थप उपचारका लागि पृथ्वीचन्द्र ...

गर्भनिरोधको सबैभन्दा प्रभावकारी उपाय के हो ?

गर्भनिरोधको सबैभन्दा प्रभावकारी उपाय के हो ?
सन्तानको रहर पूरा भइसकेपछि वा सन्तानको योजना बनाउनुअघि शारीरिक सम्बन्ध कसरी सुरक्षित राख्ने भन्ने कुरा आम दम्पतीको लागि चासो हुन्छ । कहिलेकाहीं अनिच्छित गर्भ रहन्छ र त्यसले अनायासै झन्झट थपिदिन्छ । यस्तो अवस्थामा कसरी सुरक्षित यौन सम्बन्ध राख्ने ? कस्तो विधि अपनाउँदा गर्भ रहने जोखिम हुँदैन रु यसका अनेक विधि प्रचलनमा छन् । जस्तो कण्डमको प्रयोगदेखि नरप्लान्टसम्मका विकल्प अपनाउन सकिन्छ । के के छन् गर्भनिरोधका उपाय ? गर्भनिरोधकको रुपमा हर्मोनल औषधि पिल्स, तीनमहिने संगिनी...

सशांक सँगै उमेदवारी दिएका काँग्रेस नेता जिसी भन्छन् : कुनै हालतमा उमेदवारी फिर्ता हुँदैन

सशांक सँगै उमेदवारी दिएका काँग्रेस नेता जिसी भन्छन् : कुनै हालतमा उमेदवारी फिर्ता हुँदैन
गैँडाकोट । नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता चित्रध्वज जिसीले पुस्ता हस्तान्तरणका लागि आफुले उमेदवारी दिएको भन्दै पछि नहट्ने प्रष्ट पारेका छन् ।नेविसंघ नवलपुरका पूर्व उपाध्यक्ष तथा काँग्रेसका क्षेत्रीय सदस्य समेत रहेका गैँडाकोट निवासी जिसीले कुनैपनि हालतमा उमेदवारी फिर्ता नलिने बताए । उज्यालो खबरलाई आज विहान आफ्नै निवासमा अन्तर्वार्ता दिदै उनले सधैभरी एउटै व्यक्तिलाई बोक्ने परम्परा तोडिनुपर्ने बताए, मेर...

नवलपुर-२ मा कांग्रेसका विष्णु कार्कीले गरे उमेदवारी दर्ता

नवलपुर-२ मा कांग्रेसका विष्णु कार्कीले गरे उमेदवारी दर्ता
कावासोती । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागी नवलपुर २ मा  नेपाली कांग्रेसका विष्णुकुमार कार्की उम्मेदवार बन्ने तय भएको छ। कार्कीले केन्द्रिय निर्वाचन आयोग काठमाडौमा उम्मेदवारी दर्ता गरेकाे स्राेतले बताएकाे छ । नवलपुर २ मा यसअघि माओवादी केन्द्रबाट उमेदवार बन्ने तयारी थियाे ।

झापा-५ पुगेर ओलीले दिए उम्मेदवारी

झापा-५ पुगेर ओलीले दिए उम्मेदवारी
काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्‍यका लागि मनोनयन दर्ता गराएका छन्।उनले आइतबार झापाको क्षेत्र नम्बर ५मा आफ्नो मनोनयनपत्र दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गराउन उनी आफैं झापा पुगेका छन्। उनीविरूद्ध गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी भिड्दैछन्।

एमालेले नवलपुर १ बाट कृष्ण पौडेललाई उठाउने

एमालेले नवलपुर १ बाट कृष्ण पौडेललाई उठाउने
गैँडाकोट । आगामी मंसिर चार गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेले नवलपुर क्षेत्र नं.१ मा कृष्ण पौडेललाई उमेदवार बनाएको छ । पार्टी केन्द्रीय सदस्य समेत रहेका पौडेलले नवलपुर १ बाट टिकट पाएका हुन् । पौडेलले २०७० मा  भएको संविधानसभाको  निर्वाचनमा नवलपरासी क्षेत्र नं‍. ३ बाट चुनाव जितेका थिए । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ मा स्थायी रुपमा बस्दै आएका नेता पौडेल शालिन नेताको रुपमा परिचित छन् ।

टिकट नपाउने बुझेपछि स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा थारुको घोषणा

टिकट नपाउने बुझेपछि स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा थारुको घोषणा
काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन् । सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । चौधरीले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन । राष्ट्र ...

चन्द्रागिरिमा पहिरोमा पुरिएर, एकै परिवारका ३ जनाको मृत्यु

चन्द्रागिरिमा पहिरोमा पुरिएर, एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो । वडा अध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन् ।