×

मध्य नेपाल

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु
काठमाण्डौ।  अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एअरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित दुई जनाको ज्यान गएको छ। सन्धिखर्क नगरपालिका–१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताउनुभयो । मोटरसाइकल कसले चलाएको थ...

तिहार सकियो, छठ पर्वको रौनक सुरु

तिहार सकियो, छठ पर्वको रौनक सुरु
काठमाण्डौ । यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए । यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटीकासँगै झिलिमिली पर्व तिहार सकिएको छ । यसपालिको तिहारमा फलफूल र फूलमालाको आयात बढेको छ । यसपालि साढे चार लाख फूलमाला भारतबाट...

आज तिहारको चौथो दिनः गोवर्द्धन, बलि, गोरु र हली पूजा

आज तिहारको चौथो दिनः गोवर्द्धन, बलि, गोरु र हली पूजा
काठमाडौँ ।  कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन...

रवि लामिछानेको पार्टीलाई सिस्टम बुझ्नभन्दा लोक रिझाउन हतार

रवि लामिछानेको पार्टीलाई सिस्टम बुझ्नभन्दा लोक रिझाउन हतार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनमा आयोजित भेलामा भने, ‘ठूला दलहरूले भ्रष्टाचारीको संरक्षण गरे । निर्वाचनमा तपाईंहरूले हामीलाई विजयी गराएपछि हाम्रो पार्टीले भ्रष्टाचारीको फाइल खोल्नेछ ।’ १ भदौं २०७९ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गर्‍यो ।उनको दलले अहिलेको अवस्थामा प्रदेशसभा निर्वाचनमा भाग लिनुलाई राज्यकोष दोहनको संज्ञा दिदै प्रदेशसभा सबै संयन्त्र खारेज गरी मुख्यमन्त्री र उपमुख्यमन्त्री हुनुपर्ने तर्क...

प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध आजबाट खुला, ५ सर्त पालना गर्नुपर्ने

प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध आजबाट खुला, ५ सर्त पालना गर्नुपर्ने
काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गरेको छ।प्राधिकरणले प्याराग्लाइडिङ आज (शनिबार)  बाट खुला गर्ने निर्णय गरेको हो।प्याराग्लाइडिङ उडान खुला गरे पनि सञ्चालनका लागि प्राधिकरणले ५ वटा सर्त राखेको छ। सर्तहरू यस्ता छन्- १। प्याराग्लाइडिङ उडानलाई थप नियमित सुरक्षित तथा व्यवस्थित बनाउन प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडानबाहेक अन्य उडान गतिविधि गराउन पाइने छैन। २। आगामी १५ द...

गैँडाकाेटकाे अक्सफाेर्ड कलेजलाई २ वटा अन्तराष्ट्रिय पुरस्कार प्रदान

गैँडाकाेटकाे अक्सफाेर्ड कलेजलाई २ वटा अन्तराष्ट्रिय पुरस्कार प्रदान
गैँडाकाेट । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टलाई ‘बेस्ट कलेज अफ द ईयर’ र ‘बेस्ट बिजनेस स्कूल अफ द ईयर -२०२२’ पुरस्कार प्राप्त गर्न सफल भएको छ । उक्त पुरस्कार एक भब्य कार्यक्रमका बीच कलेजका प्रिन्सीपल प्रा. ई. हरि भण्डारी र अनुसंधान विभागका प्रमुख डा. बसन्त अधिकारीले संयुक्त रुपमा  दुबईमा ग्रहण गर्नु भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि दुबई विजिनेश काउन्सिलका अध्यक्ष डा. आशिक अलि, विशिष्ट अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबई सुरक...

सरकारी अस्पताल विपन्नमुखी हुनुपर्छ : उमेश श्रेष्ठ

सरकारी अस्पताल विपन्नमुखी हुनुपर्छ : उमेश श्रेष्ठ
चितवन । चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले सरकारी अस्पताल विपन्नमुखी हुनु पर्ने बताएका छन् । बुधबार भरतपुरमा आयोजित स्वास्थ्कर्मीसंँगको अन्तत्रिया  कार्यक्रममा बोल्दै उनले समयसापेक्ष सरकारी अस्पतालको सेवा गुणस्तरीय हुनुपर्ने बताएका हुन् । ‘यहांँको भरतपुर अस्पताल, क्यान्सर अस्पतालको महत्व धेरै छ तर यी अस्पताल विपन्नमुखी छन् कि छैनन् रु त्यो हेर्नु जरुरी छ’ उनले भने । जनतासंँग प्रत्यक्ष सरोकार राख्ने यस्ता संस्थाहरुमा ग...

काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का

काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौंमा आज ९बुधबार० दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।भूकम्प ४।४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको छ ।

नेकपा एसका उम्मेदवार राजु गुरुङको रिटको सुनुवाइ स्थगित

नेकपा एसका उम्मेदवार राजु गुरुङको रिटको सुनुवाइ स्थगित
काठमाडौं । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको सुनुवाइ स्थगित भएको छ । निवेदकको कानून व्यवसायीबाट आज पेशी तोकिएको रिटको सुनुवाइ स्थगित गराएका हुन् । पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको थियो । सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी गुरुङको कसुरमा बैंकिङ कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो । अदालतमा विचाराधीन भएको मुद्दालाई आधार बनाएर प्र...