×

मध्य नेपाल

नवलपुरमा ६६ प्रतिशत मतदान, मतगणना भाेलि साँझदेखि हुने

नवलपुरमा ६६ प्रतिशत मतदान, मतगणना भाेलि साँझदेखि हुने
नवलपुर । प्रतिनिधिसभा र प्रदेशसभाको आज भएको निर्वाचनमा नवलपुरमा ६६ दशमलब ४९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लामा ६६ दशमलब ४९ प्रतिशत मत खसेको हो ।महिला ९६ हजार ६८० , पुरुष ७६ हजार ५०० र अन्य १ गरि कुल १ लाख ७३ हजार १८१ मत खसेको उहाँले बताउनुभयो । जिल्लाका १ सय १३ मतदान स्थलमा रहेका ३ सय २ मतदान केन्द्र मध्य देवचुली –४ ,मा रहेको मतदान केन्द्रमा मतपेटीकामा आगजनीको घटना भएको छ । यस बाहेकका अन्य स्थानमा शान्तीपूर...

प्रचण्ड उठेकाे गोरखामा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

प्रचण्ड उठेकाे गोरखामा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार
गोरखा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि गोरखामा मतगणना स्थल तयार भएको छ ।गोरखा–१ को जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा मतगणना हुनेछ । सम्बन्धित क्षेत्रको मतदान अधिकृतको कार्यालय रहेको भवनमा मतगणनास्थल बनाइएको हो । मतगणना स्थलमा तारजालीसहित सीसीटीभी समेत जडान गरिएको गोरखा–२ का निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए । ‘मतगणना स्थल तयार भइसक्यो’, उनले भने,...

गैँडाकोटमा शसस्त्र प्रहरीद्धारा भन्सार छलि ल्याएको अवैध कपडा बरामद

गैँडाकोटमा शसस्त्र प्रहरीद्धारा भन्सार छलि ल्याएको अवैध कपडा बरामद
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा शसस्त्र प्रहरीले भन्सार छलि ल्याएको अवैध कपडा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ हेडक्वाटर पितौजीले ५० हजार रुपैया बराबरको अवैध कपडा बरामद गरेको हो । बुटवलबाट काठमान्डौ जान आउदै गरेको ना ५ ख ४२० नम्बरको यात्रुबाहक बसमा ल्याउदै गरेको अवस्थामा १७० थान लुंगी पक्राउ गरिएको सशस्त्र प्रहरी निरिक्षक तेज बहादुर ठकुरीले जानकारी दिनुभयो ।बरामद गरिएका अवैध कपडाहरु भन्सार पठाउने तयारी भएको उहाँले बताउनुभयो । यसैविच सशस्त्र प्रहर...

१६९ जना मात्रै मतदाता रहेको चामेको तिमाङ मतदान केन्द्र

१६९ जना मात्रै मतदाता रहेको चामेको तिमाङ मतदान केन्द्र
आशन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि  मतदान केन्द्रहरूको अनुगमनका क्रममा चामे गाउँपालिकास्थित गौरीशंकर आधारभुत विद्यालय तिमाङमा मुख्य निर्वाचन अधिकृतलगायतको टोली । यस मतदान केन्द्रमा जम्मा १६९ मतदाता रहेका छन् । तस्वीर : नवीन लामिछाने/रासस

मतदान केन्द्रमा प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा धकेलाधकेल

मतदान केन्द्रमा प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा धकेलाधकेल
पोखरा ।  पोखरा–१८ सराङकोटका मतदान अधिकृत अमितकुमार श्रेष्ठले शुक्रबार दिउँसो सर्वपक्षीय बैठक बोलाए। प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन निर्देशिका अनुसार बोलाइएको उक्त बैठकमा दलका कार्यकर्ताहरू सहभागी थिए। सत्तागठबन्धनबाट नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिनिधि थिए भने विपक्षी नेकपा एमालेका प्रतिनिधि थिए। बैठकमा सहभागी दलका प्रतिनिधिको संख्या नतोकिएकाले बैठकमा दलका कार्यकर्ताको संख्या ठूलो थियो। बैठकमा मतदान अधिकृत श्रेष्ठले एजेण्डा पेश गरे। अपाङ्...

चितवन ३ (ख ) बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ गुरुङ काे हुन् ?

चितवन ३ (ख ) बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ गुरुङ काे हुन् ?
संघर्षले नै मानिसलाई समाजमा उदाहरणीय र प्रीयपात्र बनाईदिन्छ । यस्तै संघर्ष गरेर अगाडि बढिरहेकी एक पात्रको नाम हो, रीना गुरुङ्ग । जीवनका हरेक मोडहरुमा अनवरत रूपमा गरिरहेको परिश्रमले उनलाई रीना गुरुङ्ग मात्रै बनाएन । एउटा सफल राजनीतिककर्मी पनि बनाएर छाड्यो । स्थानीय निर्वाचन २०७४ मा उनी भरतपुर महानगरका लागि उपमेयरकी उम्मेदवार थिईन् । तर परिणाम उनको पक्षमा आएन । तैपनि उनले हिम्मत हारिनन् । पछि २०७४ कै प्रदेश सभा निर्वाचनमा उनी समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा...

पूर्वमन्त्री विक्रम  पाण्डेद्वारा मतदाताप्रति आभार व्यक्त, नमुना विकासको मोडेल बनाउने प्रतिवद्धता

पूर्वमन्त्री विक्रम  पाण्डेद्वारा मतदाताप्रति आभार व्यक्त, नमुना विकासको मोडेल बनाउने प्रतिवद्धता
चितवन ।  चितवन–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् राप्रपाका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले चुनावी घरदैलोमा देखाएको माया सद्भावप्रति मतादाताहरुलाई आभार व्यक्त गर्नुभएको छ । उहाँले उत्साहित जनताकै कारण आँफुले चुनाव जित्नेमा विश्वस्त बनेको बताउनुभएको छ । भिडियो सन्देश जारी गर्दै उहाँले पार्टीभन्दा माथि उठेर दिएको सल्लाह सुझाव अनुसरण गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । “मतदान विकास, समृद्धिका लागि, सन्तती र भविष्यका लागि हुनेछ भन्ने सोचेको छु”, उहाँले भन्नुभएको छ, “हामी...

चितवनमा उमेश श्रेष्ठको गाडिमा तोडफोड

चितवनमा उमेश श्रेष्ठको गाडिमा तोडफोड
चितवन  । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

गण्डकीका मुख्यमन्त्रीले गरे कांग्रेसकै मन्त्री खड्कालाई बर्खास्त

गण्डकीका मुख्यमन्त्रीले गरे कांग्रेसकै मन्त्री खड्कालाई बर्खास्त
पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्‍णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई हटाएका छन्।आज मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री पोखरेलले उक्त मन्त्रालय आफैँले हेर्ने गरी राखेका हुन्। मुख्यमन्त्री पोखरेलले मन्त्री खड्कालाई हटाएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन्। मन्त्री खड्का नेपाली कांग्रेसका निवर्तमान सांसद हुन्। उनी २०७४ सालमा समानुपातिक सांसद भएका थिए।पार्टीका आधिकारिक उम्मेदवारलाई असहयो...