
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा शसस्त्र प्रहरीले भन्सार छलि ल्याएको अवैध कपडा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ हेडक्वाटर पितौजीले ५० हजार रुपैया बराबरको अवैध कपडा बरामद गरेको हो ।
बुटवलबाट काठमान्डौ जान आउदै गरेको ना ५ ख ४२० नम्बरको यात्रुबाहक बसमा ल्याउदै गरेको अवस्थामा १७० थान लुंगी पक्राउ गरिएको सशस्त्र प्रहरी निरिक्षक तेज बहादुर ठकुरीले जानकारी दिनुभयो ।बरामद गरिएका अवैध कपडाहरु भन्सार पठाउने तयारी भएको उहाँले बताउनुभयो ।
यसैविच सशस्त्र प्रहरीले त्रिवेणी स्थित गण्डक ब्यारेज पुलमा लागुऔषध सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नाइट्राेभेट स्पास्मो र ओनोरेक्स सहित भारत पश्चिम चम्पारण घर भएका बिनोद सहनी पक्राउ परेका हुन् ।