×

मध्य नेपाल

गोरखामा अब्दुसको टीममाथि आक्रमण, एमाले नेता गम्भीर घाइते

गोरखामा अब्दुसको टीममाथि आक्रमण, एमाले नेता गम्भीर घाइते
पोखरा । गोरखा- २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो । आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ । खाइरहेको खाना छरिएको छ । घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए । आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लाग...

भरतपुरको पुलचोक-गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकियो

भरतपुरको पुलचोक-गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकियो
चितवन  । भरतपुरमा निर्माणधिन पुलचोक–गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर–हेटौँडा खण्डको उक्त सडकको काम अहिले ५० प्रतिशत सकिएको हो । सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलका अनुसार ६ लेन सडकको गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलसम्म पहिलो र दोस्रो चरणको काम सम्पन्न भइसकेको छ । यस्तै हाकिमचोकदेखि चौविसकोठीसम्म सब बेस निर्माणको कार्य धमाधम भइरहेको छ । चौबिसकोठ...

जेरी र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद

जेरी र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन । सहम...

ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक

ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक
काठमाडौं । जहाज उडाउँदै गर्दा अनधिकृत व्यक्तिलाई ककपिटमा छिर्ने अनुमति दिँदै भिडिओ अन्तर्वार्ता दिएपछि पाइलट विजय लामा कारबाहीमा परेका छन् । क्याप्टेन लामालाई तत्कालका लागि उडानमा रोक लगाइएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यसबारे अध्ययन भइरहेकाले लामालाई तत्कालका लागि उडानमा रोक लगाइएको नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘हामीलाई पनि यसबारे खबर आएको छ । छानबिन गरिरहेका छौं । वास्तविकता बुझ्दैछौं, अनुसन्धान भइञ्जेल उहाँलाई उडानमा रोक लगाइएको छ ।...

डोटीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

डोटीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ पुग्यो
धनगढी । डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक भोलाप्रसाद भट्टले बताए । डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ । यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुत...

भोट माग्न जाँदा विरोध खतिवडामाथि कुटपिट

भोट माग्न जाँदा विरोध खतिवडामाथि कुटपिट
हेटौँडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन् ।पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेको स्थानीयले बताएका छन् । उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।ज...

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव २०७९ सम्पन्न

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव २०७९ सम्पन्न
चितवन ।  पवित्र तीर्थ देवघाटधाम र गण्डकीसङ्गमको पूर्ण परिक्रमा गर्ने उद्देश्यले आयोजित देवघाटधाम गण्डकी परिक्रमा महोत्सव २०७९ू सम्पन्न भएको छ । नेपालको मध्यभागमा पर्ने तनहुँ, चितवन र नवलपुर गरी तीनवटा जिल्लामा फैलिएको समग्र देवघाटधामको धार्मिक एवम् पर्यटकीय क्षेत्रको समृद्धिका निम्ति सञ्चालित परिक्रमा महोत्सवमा यस क्षेत्रका सयौँ धार्मिक संघ-संस्थाको  सहभागिता रहेको थियो । नेपाल सन्त समाज देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको व्यवस्थापन र समन्वयमा सञ्चालन भएको मह...

चितवनको कारागार र मालपोत कार्यालयमा अस्थायी मतदान केन्द्र

चितवनको कारागार र मालपोत कार्यालयमा अस्थायी मतदान केन्द्र
चितवन । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाको दुई स्थानमा अस्थायी मतदान केन्द्र राखिने भएको छ । कारागार कार्यालय चितवन र मालपोत कार्यालयमा अस्थायी मतदान केन्द्र राख्न लागिएको हो । कारागार कार्यालयमा कैदी बन्दीका लागि र मालपोत कार्यालयमा कर्मचारीका लागि केन्द्र राख्न लागिएको हो । कारागार कार्यालय चितवनमा रहेका एक सय दुई जना कैदीबन्दीले मतदान गर्दै छन् । कारागार कार्यालयमा रहेका सात सय ९५ जना कैदी बन्दीमध्ये अन्तिम मतदाता नामावलीमा नाम रहेका उनीहरुले निर्...

सर्वोच्चले भन्यो : नो नट अगेनलाई कारबाही अघि नबढाउनू

सर्वोच्चले भन्यो : नो नट अगेनलाई कारबाही अघि नबढाउनू
काठमाडौं । सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरी नो नट अगेन पेजमार्फत दलका नेताविरुद्ध हुने अभिव्यक्ति र आक्रोशजन्य सामग्रीको अनुगमन गर्न आग्रह गरेको थियो । र नो नट अगेन पेजलाई विद्युतीय का...