×

नवलपुर विशेष

गृहमन्त्रीको राजीनामा माग्दै कावासोतीमा नेविसंघको प्रदर्शन : ५ जना पक्राउ

गृहमन्त्रीको राजीनामा माग्दै कावासोतीमा नेविसंघको प्रदर्शन : ५ जना पक्राउ
कावासोती । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै कावासोतीमा नेविसंघले मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको छ । मसाल जुलुस सहित उपप्रधान तथा गृहमन्त्रीको राजिनामा माग्दै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर ५ जनालाई नियन्त्रणमा लिएको छ । नेविसंघका नेताहरु जितु खडका,हुमन पाण्डे, प्रज्वल , सुजल अधिकारी र रोहन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उपप्रधान तथा गृहमन्त्री लामिछानेको राजीनामा म...

नवलपुरमा रक्सी खाएर मोटरसाइकल चलाउदा दुर्घटना, एकजनाको मृत्यु

नवलपुरमा रक्सी खाएर मोटरसाइकल चलाउदा दुर्घटना, एकजनाको मृत्यु
गैँडाकोट – पूर्वी नवलपरासीमा भएको मोटर साईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अरु २ जना घाइते भएका छन् । मोटरसाइकल सवार रहेकाहरुले मादकपदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते मोटरसाईकल पछाडि सवार मध्यबिन्दु नगरपालिका ११ बस्ने ३० बर्षीय अनिल बिक उपचारको क्रममा गएराति निधन भएको हो । राति १ बजेतिर मध्यविन्दु ११ दमार चोक स्थित भित्री सडक खण्डमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई मोटरसाईकल दुर्घटना भए...

गैँडाकोट ईङ्लिस स्कुलका विद्यार्थीहरुद्धारा देवघाटमा बृद्धबृद्धाहरुसँग खुसी साटासाट

गैँडाकोट ईङ्लिस स्कुलका विद्यार्थीहरुद्धारा देवघाटमा बृद्धबृद्धाहरुसँग खुसी साटासाट
गैँडाकोट । अन्तराष्ट्रिय खुसी दिवसको अवसरमा पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट ईङ्लिस स्कुलका विद्यार्थीहरुले देवघाटधामका बृद्धबृद्धाहरुसँग खुसी साटासाट गरेका छन् । परिवारदेखि टाढा रहेर तनहुँको देवघाटधाम स्थित देवघाट समाज कल्याण केन्द्र बृद्धआश्रममा रहेका ज्येष्ठ नागरिकसँग विद्यार्थीहरुले भलाकुसारी गर्दै खुसी दिवस मनाएका हुन् ।सो अवसरमा स्कुलका बालक्लवका विद्यार्थीहरुले आश्रममा रहेका बृद्धबृद्धाहरुका लागि विहान र साँझको भोजनको प्रवन्ध समेत गरेको गैँडाकोट ईङ्लिस स्...

सभापति भएर पार्टी चलाउने योजना छः शशांक कोइराला

सभापति भएर पार्टी चलाउने योजना छः शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले १५औं महाधिवेशनमा पार्टी सभापति हुने गरी अघि बढेको बताएका छन् । रामेछापमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार कोइरालाले सभापति बनेर नयाँ ढंगले पार्टी सञ्चालन गर्ने योजना रहेको बताएका हुन् । उनले कार्यकर्तालाई भने, ‘तपाईंहरूको आग्रह जायज छ, सोही अनुसार म नेतृत्वका लागि अघि बढ्छु । सभापति बनेर अहिलेभन्दा भिन्न ढंगले पार्टी चलाउने मेरो योजना छ ।’ अहिलेको समयमा पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक रहेको उनल...

गैँडाकोट नगरपालिकाको सार्वजनिक सुनुवाई आज

गैँडाकोट नगरपालिकाको सार्वजनिक सुनुवाई आज
गैँडाकोट । गैँडाकोट नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार (आज) हुँदैछ । गैँडाकोट नगरपालिका परिसरमा बिहान ११ बजेदेखि सार्वजनिक सुनुवाई कार्यक्रम शुरु हुने गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिनुभयो । कार्यक्रममा सार्वजनिक पद र अधिकार धारण गरेका कर्तव्यपालक र सेवाग्राहीबीच सार्वजनिक रुपमा प्रत्यक्ष अन्तरक्रिया हुनेछ । यो सार्वजनिक सुनुवाई सेवा प्रदायक निकायको कामकारबाहीबारे जनगुनासोको माध्यमबाट मूल्यांकन ग...

नेपालमै पहिलोपटक गैँडाकोट नगरपालिकाबाट अनलाइन मार्फत नागरिकता सिफारीस गरिदै

नेपालमै पहिलोपटक गैँडाकोट नगरपालिकाबाट अनलाइन मार्फत नागरिकता सिफारीस गरिदै
  गैँडाकोट। नेपाल सरकार, गृह मन्त्रालयद्वारा जारी नयाँ निर्देशन अनुसार नेपाली नागरिकतासम्बन्धी प्रक्रिया अनलाइन प्रणाली मार्फत सञ्चालन हुने भएको छ। गृह मन्त्रालयको यस नवीन निर्देशिकाले नागरिकता वितरण तथा अभिलेख व्यवस्थापन प्रणालीलाई केन्द्रीय तहदेखि नै डिजिटाइज गर्ने उद्देश्य राखेको छ। प्रारम्भिक चरणमा नवलपुरको गैँडाकोट नगरपालिकाकै सबै वडा कार्यालयहरूले यही चैत्र १५ गतेदेखि नेपाली नागरिकता सिफारिस प्रक्रिया अनलाइन प्रणाली मार्फत सुरु गर्ने निर्देशन दिइएको छ। यस अनल...

पारिजात आमा समूहको चौथो अधिवेशन सम्पन्न, १३ सदस्यीय नयाँ नेतृत्व चयन

पारिजात आमा समूहको चौथो अधिवेशन सम्पन्न, १३ सदस्यीय नयाँ नेतृत्व चयन
गैँडाकोट । पारिजात आमा समूह गैँडाकोट ५ को आठौ बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले मनू शर्मा (ढुंगाना) को अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ कार्य समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा जुना भट्टराई, सचिवमा तारा शर्मा (सापकोटा), कोषाध्यक्षमा तुलसी कंडेल, सहसचिवमा सीतादेवी कंडेल र सहकोषाध्यक्षमा सरस्वती अधिकारी चयन हुनुभएको छ । त्यसैगरी समूहका सदस्यहरुमा सिता पोखरेल, लक्ष्मी धिताल, मिठु भण्डारी, विष्णु गहतराज,उषा रायमाझी, पार्वती शाहि (ठुकरी) र सिता लामिछाने रहनु भए...

आकर्षक सेवासुविधा सहित गैँडाकोट ईङ्लिस स्कुलमा विभिन्न विषयका शिक्षकहरुको माग

आकर्षक सेवासुविधा सहित गैँडाकोट ईङ्लिस स्कुलमा विभिन्न विषयका शिक्षकहरुको माग
सुस्मा न्यौपाने गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा अवस्थित नगरको एकमात्र "क" बर्गको गैँडाकोट ईङलिस स्कुलले विभिन्न विषयका शिक्षकहरु माग गरेको छ । शैक्षिकसत्र २०८१/८२ का लागि पाँचजना शिक्षकहरु माग गरिएको स्कुलले जनाएको छ । नवलपुरमै पहिलो ईन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्न सफल गैँडाकोट ईङलिस स्कुलले प्राथमिक र निम्न माध्यामिक तहमा अध्यापन गराउन सक्ने ५ जना शिक्षकहरुको माग गरेको प्राचार्य हिरालाल अर्यालले बताउनुभयो । निम्न माध्यामिक तह र माध्यामिक तहमा अंग्रेजी विष...

अनेमसंघ गैँडाकोट ९ मा नयाँ नेतृत्व, अध्यक्षमा तारा कंडेल

अनेमसंघ गैँडाकोट ९ मा नयाँ नेतृत्व, अध्यक्षमा तारा कंडेल
गैँडाकोट । अखिल नेपाल महिला संघ गैँडाकोट ९ को दोस्रो अधिवेशनले तारा कंडेलको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी चयन गरेको छ । अखिल नेपाल महिलासंघका केन्द्रीय सदस्य तथा नवलपुर इन्चार्ज सिता पंगेनीको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष कोपिला पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न अधिवेशनले कंडेलको अध्यक्षतमा आगामी २ वर्षका लागि सर्वसम्मत रुपमा नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा बिष्णु देवकोटा, सचिवमा माया पोखरेल र सदस्यहरुमा अञ्जु कंडेल, पवित्रा चालिसे, लक्ष्मी वन, सममाया...