×

नवलपुर विशेष

गैँडाकोटको श्रीनगर महिला विकास संस्थामा नयाँ नेतृत्व, अध्यक्षमा सापकोटा चयन

गैँडाकोटको श्रीनगर महिला विकास संस्थामा नयाँ नेतृत्व, अध्यक्षमा सापकोटा चयन
गैँडाकोट । श्रीनगर महिला विकास संस्था गैँडाकोट २ को पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनले आगामि २ वर्षका लागि भूमादेवी सापकोटाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा विमला गिरी, सचिवमा संगिता रानाभाट, कोषाध्यक्षमा सुजिता न्यौपाने ,सहसचिवमा हरिमाया पौडेल र सदस्यहरुमा सिता नेपाल, सपनम खातुन, दुर्गादेवी सापकोटा,कलादेवी सापकोटा, मुना श्रेष्ठ, देवी घिमिरे र विष्णु सुवेदी (पौडेल) चयन हुनुभएको निर्वाचन समितिका संयोजक यु कुमारी शर्मा (अनिता)...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैँडाकोट नगरपालिकामा अन्तर्क्रिया

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैँडाकोट नगरपालिकामा अन्तर्क्रिया
नवलपुर । महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी भन्ने नारा सहित नवलपुरको गैँडाकोट नगरपालिकाले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।फागुन २५ गते परेको नारी दिवसको अवसरमा बुधबार महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण विषयमा अन्तक्र्रिया गरिएको हो । कार्यक्रमका प्रमुख वक्ता सामाजिक अभियान्ता मिना खरेलले महिलाहरू पहिला आफुलाई सम्मान गर्न सिक्नुपर्ने बताउनुभएको छ । संविधानले नारीलाई नेतृत्व तहमा अधिकार प्रशस्त दिएको तर त्यसको कार्यन्वयनको पक्ष भने फितलो रहेको महिला...

डिभिजन वनको ढिलासुस्तीले अझै आएन दुवै बाघको पोस्टमार्टम रिपोर्ट

डिभिजन वनको ढिलासुस्तीले अझै आएन दुवै बाघको पोस्टमार्टम रिपोर्ट
कावासोती । एक हप्ताको अन्तरालमा नवलपुरमा २ वटा पाटे बाघ मारिएको भए पनि बाघको मृत्युको कारण र मार्नेको व्यक्ति या समुहको पहिचान हुन सकेको छैन । डिभिजन वन कार्यालय कावासोतीको ढिलासुस्तीका कारण पोस्टमार्टम रिपोर्ट आउन ढिलाई भएको हो । बाघ मृत्युको तथ्य र कारण पत्ता लगाउन डिभिजन वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अगाडी बढाएको भए पनि अनुसन्धानमा प्रगती देखिएको छैन । “पोस्टमार्टम रिपोर्ट आएको छैन, हामीलाई रिपोर्ट आउन केही समय लाग्छ भन्ने जवाफ आएको छ, अनुसन्धान अगाडी ब...

गैँडाकोटमा १९ हजार ५६६ बालबालिकाले लगाए दादुरा रुवेलाको खोप

गैँडाकोटमा १९ हजार ५६६ बालबालिकाले लगाए दादुरा रुवेलाको खोप
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा १९ हजार ५६६ जना बालबालिकाहरुले दादुरा- रुवेला विरुद्धको खोप लगाएका छन् । फागुन १३ गतेदेखि २० गतेसम्म सञ्चालन भएको खोप अभियानमा नगरका १९ हजार ५६६ बालबालिकाहरुले खोप लगाएको गैँडाकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले जानकारी दिनुभयो । ९ महिना देखि ५ वर्ष उमेर भित्रका ४ हजार ९५३ जना र ५ वर्ष देखि १५ वर्ष उमेर समुह मुनिका १४ हजार ६१३ जना बालबालिकाहरुले खोप लगाएको उहाँले बताउनु्भयो ।नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयहरु...

गैँडाकोट ईङ्लिस स्कुलमा ८५ जना स्काउटका विद्यार्थीहरु दीक्षित

गैँडाकोट ईङ्लिस स्कुलमा ८५ जना स्काउटका विद्यार्थीहरु दीक्षित
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको नगरकै एकमात्र "क" बर्गको स्कुल गैँडाकोट ईङ्लिस स्कुलमा अध्ययनरत ८५ जना बिद्यार्थीहरु स्काउट दीक्षित भएका छन्। १२ महिने लामाे तालिम पश्चात उनीहरूलाई एक समारोहवीच शनिबार दीक्षित गरिएको हो। दीक्षित हुनेहरुमा ४१ जना छात्र र ४४ जना छात्रा रहेका छन्। स्कूलमा आयोजित एक विशेष समारोहमा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता तथा गैँडाकोट नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखाका प्रमुख डा.बालकृष्ण चापागाईको विशेष...

नवलपुरमा बसको ठक्करबाट एक बृद्धको मृत्यु

नवलपुरमा बसको ठक्करबाट एक बृद्धको मृत्यु
कावासोती । नवलपुरमा बसले पैदल यात्रीलाई ठक्कर दिदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । शुक्रबार राति ८ बजेको समयमा जिल्लाको विनयी त्रिवेणी ५ देउराली स्थीत भित्रि सडक खण्डमा दुम्किबासबाट देउराली तर्फ जाँदै गरेको लु १ ख ६३९० नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट विनयी त्रिवेणी ५ देउराली बस्ने बर्ष ६८ को दिल बहादुर रखालको घटनास्थलमा नै मृत्यु भएको र सोही ठाउँ बस्ने बर्ष ७६ को सोम बहादुर लम्का घाईते भएको नवलपुर प्रहरीले जनाएको छ

मगर दिवसको अवसरमा गैँडाकोटमा भोलि सार्वजनिक बिदा

मगर दिवसको अवसरमा गैँडाकोटमा भोलि सार्वजनिक बिदा
गैँडाकोट । गैँडाकोट नगरपालिकाले ४२ औँ मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । ४२ औँ मगर दिवसको उपलक्ष्यमा फागुन १५ गतेका दिन नगरपालिकाले दिने अत्यावश्यक सेवा बाहेक नगर भित्रका सम्पूर्ण शैक्षिक संस्था, सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा कार्यपालिका बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दिईएको गैँडाकोट नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले जानकारी दिनुभयो । संघीय तथा प्रदेश सरकारबाट तोकेका विदाहरुका अतिरिक्त गैँडाकोटमा १५ गते मगर एकता दिवसका दिन स्थानीय विदा दिइएको...

नवलपुरका एकलाख २२ हजार बालबालिकाहरुलाई दादुरा-रुवेला विरुद्धको खोप लगाईने

नवलपुरका एकलाख २२ हजार बालबालिकाहरुलाई दादुरा-रुवेला विरुद्धको खोप लगाईने
गोविन्द घिमिरे गैँडाकोट । पूर्वी नवलपरासीका एकलाख २२ हजार बालबालिकाहरुलाई दादुरा- रुवेला विरुद्धको खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका अनुसार जिल्लाका ९ महिना पुरा भै १५ वर्ष उमेर नपुगेका करिव एकलाख २२ हजार बालबालिकाहरुलाई दादुरा- रुवेलाको खोप लगाइन लागेको हो । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्तिनाथ भट्टराईका अनुसार फागुन १३ गतेदेखि २० गतेसम्म र फागुन २० गतेदेखि २७ गतेसम्म दुई चरणमा दादुरा – रुवेला विरुद्धको खोप लगाइन लागेको हो ।पहिलो चर...

नवलपुरमा बाघ मारेर गाडेको अवस्थामा भेटियो

नवलपुरमा बाघ मारेर गाडेको अवस्थामा भेटियो
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका– १५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको छ। रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क बाघ मृत फेला परेको चोरमारा रेन्जपोस्टका वन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए। उनका अनुसार पूर्व-पश्चिम सडकबाट ५ सय मिटर दक्षिण, अरुणखोला बजारबाट १ किलोमिटर पूर्व, हर्बासटार गाउँबाट डेढ किलोमिटर उत्तरमा बाघ भेटिएको हो। बाघ जंगलको खोल्सामा खाल्टो खनेर गाडेको अवस्थामा भेटिएको हो। बाघ मारेर गाडिएको बताइएको छ। जंगलमा हेरालुल...