×

गैँडाकोट । गैँडाकोट नगरपालिकाले ४२ औँ मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

४२ औँ मगर दिवसको उपलक्ष्यमा फागुन १५ गतेका दिन नगरपालिकाले दिने अत्यावश्यक सेवा बाहेक नगर भित्रका सम्पूर्ण शैक्षिक संस्था, सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा कार्यपालिका बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दिईएको गैँडाकोट नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले जानकारी दिनुभयो ।

संघीय तथा प्रदेश सरकारबाट तोकेका विदाहरुका अतिरिक्त गैँडाकोटमा १५ गते मगर एकता दिवसका दिन स्थानीय विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जानकारी दिनुभयो । गत २०७९ चैत्र ४ गते बसेको १२ औँ बैठकले गरेको निर्णय अनुरुप २०८० सालमा दिइएको ५ वटा स्थानीय विदा अनुरुप सो विदा दिइएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया