होटल व्यवसायीहरुको क्षमता अभिबृद्धि गर्न गैँडाकोटमा दुईदिने तालिम हुँदै
गैँडाकोट । होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा गैँडाकोटमा स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिम हुने भएको छ ।
चैत २४ र २५ गते होटल व्यवसायीहरु तथा त्यसमा काम गर्ने कामदारहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी दुई दिनको आवासीय तालिम कार्यक्रमको आयोजना गरिएको होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले जानकारी दिए । तालिम कार्यक्रमको सह आयोजकको रुपमा मुकन्दसेन मौलाकालिका होटल व्यवसायी संघ...


